Wednesday, May 1, 2013

करोडका गाडी र सयकोठे महल भएका मजदुर


laxman bahadur basnet१८ बैशाख, काठमाडौ । नेपालका श्रमजीवी मजदुरको अवस्था झनझन् कष्टकर बन्दै गएपनि मजदुर नेताहरुको भने बिलासी बन्दै गएको छ । उद्योग धन्दामा कामगर्ने मजदुरलाइ दैनिक गुजारा चलाउन मुस्किल परेपनि मजदुर नेताहरुको जीवन भने नाटकीय ढंगले फेरिएको छ ।
नेपाली कांग्रेको मजदुर संगठन ट्रेड यूनियन कांग्रेसका आजिवन अध्यक्ष लक्ष्मण बहादुर बस्नेतको काठमाडौंको चावहिलमा १ सय १२ कोठाको भव्य महल छ । बस्नेतले आफूलाई मजदुर भन्न रुचाउदैनन, मजदूर राजनीति गर्ने नेताको रुपमा आफूलाई चिनाउँछन् ।
नेपाल स्थित राष्ट्रसंघीय कार्यालय आइएलओकी पूर्व प्रमुख लैला टेक्मोरेडीसँग बहकिएर हिड्ने बस्नेतले मजदुरको पक्षमा कहिल्यै काम गरेनन् । उनको जीवन शैलीको के कुरा गर्नु, उनलाई 'लैला'ले विदेशबाट जीवनभर मुखधुन पुग्ने गरी ह्वीस्की पठाइदिइरहेकी छिन् ।
नेकपा एमालेका मजदुर नेता विष्णु रिमालको कुरा गरौ न, आफूलाई मजदुर नेता भन्न रूचाउने रिमालको जीवन शैली अर्बपति उद्योगी बिनोदbishnu rimal चौधरीको भन्दा कम छैन । जापनीज टोयटा गाडिमा हिड्ने रिमाल, एप्पलका आइप्याड र आइफोन बोक्छन् । पुतली सडकको कार्यालयबाट चिया खान मात्र उनी अन्नपूर्ण होटेल धाउँछन् ।
एकीकृत नेकपा (माओवादी) निकट मजदुर संगठनका अध्यक्ष शालिकराम जमकट्टेल पनि नवधनाढ्य मजदुर नेता बन्दैछन् । जीवन शैली सामान्य देखिएपनि व्यापारमा ठूलो लगानी गरेको उनका आलोचकहरू बताउँछन् । क्यासिनो संचालकसँग सम्बन्ध रहेका शालिकरामले भारतमा समेत लगानी गरेको पत्रपत्रिकामा समाचार प्रकाशित भइरहन्छ ।
ड्यास माओवादी निकट मजदुर संगठनका अध्यक्ष रामदीप आचार्य भने कमजोर मजदुर नेता मानिन्छन् । संगठन बिस्तारकै क्रममा रहेका कारण आचार्यको संगठनलाई उद्योगका मालिकले खासै पत्याएका छैनन् । पैसा नभएर होला उनी कहिले मोटरसाइकिल र कहिले पैदल हिडेका देखिन्छन् । मधेशवादी दल निकट मजदुर संगठनका नेताहरूले पनि तराइतिर राम्रै बन्दोबस्त गरेका छन् ।

No comments: