Tuesday, February 5, 2013

अजय सुमार्गीले कसरी किने ८२ करोडको जग्गा ?

२४ माघ, काठमाण्डौ । कुनै बेला हेटौंडा सिमेन्ट उद्योगमा केमिकल र बोरा सप्लाई गर्ने ठेकेदार अजय सुमार्गी पछिल्ला बर्षमा एकाएक टाइकुनका रुपमा उदाए । राजाको सक्रिय शासनकालका बेला ज्वाईं राजबहादुर सिंहको वरिपरि घुमेर एनसेलमा सित्तैमा सेयर लिएर सुमार्गी पछिल्लो दिनमा प्रचण्डका बिजनेस पार्टनरका रुपमा चिनिन्छन् ।
यतिखेर सुमार्गीले अर्को अनौठो धन्दा गरेर सवैलाई चक्मा दिएका छन् । खराव बित्तिय संकटबाट गुज्रिरहेको कान्तिपुर पब्लिकेसनको उद्दारकका रुपमा सुमार्गी प्रकट भएका छन् । सुमार्गीले काठमाण्डौ तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्ससँगै जोडिएको कैलास सिरोहियाको अर्को कम्पनी काठमाण्डौं मार्टको १ सय ५४ आना जग्गा ८२ करोडमा किनिदिए कान्तिपुरको उद्दार गरिदिएका छन् ।

माओवादी महाधिवेशनको मुखमा सुगार्मीले यति ठूलो रकम खर्चेर जग्गा किन्नु, खराव बित्तिय अबस्थाबाट गुजि्रएको कान्तिपुरलाई प्रचण्डका बिश्वासिलाले उद्दार गर्नु र यहिबेला कान्तिपुरले प्रधानमन्त्री बाबुराम भट्टराईलाई अन्टसन्ट लेखेर पेल्नु, कतै एकअर्कासँग जोडिएका त छैनन ? राष्ट्रबैंकका गर्भनर र डेपुटी गर्भनरवीच आजभोली यही बिषयमा चर्चा हुने गरेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।
चार बर्षअघि रामेश्वर थापा कान्तिपुर प्रवेश गरेसँगै कैलाशले कान्तिपुरअघिको झण्डै १० रोपनी प्लट जग्गा ब्यापारी सुहृद घिमिरेसँग किनेका थिए । डाक्टर, इन्जिनियर, वैंकर सवै जग्गा ब्यापारमा लागेका बेला कैलाशले किनेको यो जग्गा एक सातामै यति महंगो भयो कि बिक्रि गरेको सुहृद नै १० करोड थपेर किन्छु भन्दै फर्किए । तर कैलाश र रामेश्वरले त्यो जग्गा बिक्रि नगर्ने भन्दै त्यहाँ काठमाण्डौं मार्ट नामक सपिङ कम्प्लेक्स बनाउने योजना बनाए । त्यही योजनाअनुसार उनीहरुले इन्भेष्टमेन्ट बैंकबाट ४६ करोड ऋण पनि लिए, अन्य पाँच बैंकले पनि त्यहाँ ७० करोड रुपैयाँ लगानी गर्ने भए । तर, चार बर्षसम्म पनि परियोजना अघि नबढेपछि बैंकले कान्तिपुरलाई पेल्न थाले । बिज्ञापन सुकेर हायल कायल भएका कैलाश रामेश्वर छुटिदा करोडौं रुपैयाँ जिम्मा लगाएका थिए । अन्ततः उनले ८२ करोडमै त्यो जग्गा जिम्मा लगाउने निर्णय गरे । जसले गर्दा कान्तिपुरलाई केही राहत मिलेको छ भने बाबुरामले प्रचण्डको नेतृत्वलाई चुनौती नदिने कसम खाएपछि पछिल्लो दिनमा बाबुरामप्रति कान्तिपुरको पेलान पनि कम भएको छ ।

No comments: