Friday, February 22, 2013

कोइराला रिसाए


११ फागनु,काठमाडौँ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले
एमाओवादीले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन्।
नेपाल निजामती कर्मचारी युनियनको क्षेत्रीय भेलालाई आज सम्बोधन गर्दै उनले
एमाओवादीमाथी तिखो प्रहार गरे। एमाओवादीप्रति निकै कडा देखिएका उनले प्रधानमन्त्री
पदका लागि नेपाली काँग्रेसबाट नाम मागेर विदेशीले मानेनन् भन्दै राजनीतिक बेइमानी
गरेको दुखेसो पोखे ।
कोइरालाले सत्तामा जानु वा नजानु ठूलो कुरा होइन तर अर्काको चरित्र हत्या गर्ने
मनसायबाट अभिव्यक्ति दिनु राजनीतिक बेइमानी हो भने।

No comments: