Sunday, February 24, 2013

डन र गुण्डालाई बुटवलबाट बढार्नुपर्छ: ज्वाला


१३ फागुन, बुटवल । नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालको बुटवलमा जारी अधिवेशनमा महेश बस्नेत पक्ष र निरज आचार्य पक्षवीच नाराबाजी चर्किएपछि निर्वाचन मण्डलले बन्दशत्र वरिपरिको क्षेत्रलाई नाराबाजी गर्न नपाइने निषेधित क्षेत्र घोषणा गरेको छ ।
अलग-अलग स्थानमा भेला भएका अध्यक्षका प्रत्याशी महेश बस्नेत र निरज आचार्य पक्षले आइतबार बिहान चर्को नारावाजी गरेका हुन् । आचार्य पक्षले ‘डन, गुन्डा बाईबाई, निरज आचार्य हाइहाई’ भन्ने नारा लगाएका छन् भने बस्नेत पक्षले ‘महेश बस्नतेलाई जिताऔं, एमालेलाई बचाऔं ।’ भन्ने नारा उरालेका छन् ।
अधिवेशनमा केपी ओलीनिकट मानिएका महेश बस्नेत र माधव नेपाल निकट झपट रावलवीच सहकार्य भएको छ भने झलनाथ खनाल निकट निरज आचार्यले अलग्गै प्यान खडा गरेको छ । अध्यक्ष पक्षका आचार्यलाई जिताउन युवा नेता गोकर्ण विष्ट, यमलाल कँडेल, घनश्याम भुसाल, प्रकाश ज्वाला लगायतका नेताहरु खेलेर लागेका छन् । केपी पक्षका नेता शंकर पोखरेल अध्यक्ष मण्डलमा छन् । युवा इञ्चार्ज योगेश भट्टराई पनि कुनै पक्षमा खुलेका छैनन् ।
डन र गुण्डालाई बुटवलबाट बढार्नुपर्छ: ज्वाला
यसैवीच शनिबार साँझ सिर्द्धाथ कटेजमा अयोजित छुट्टै भेलामा आचार्य पक्षलाई समर्थन गर्दै एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले एमालेभित्रका डन र गुण्डालाई बढारिने बताउनुभएको छ । आचार्यपक्षको प्यान घोषणाका लागि आयोजित सो अलग भेलामा गोकर्ण विष्ट, घनश्याम भुसाल, यमलाल कँडेल र ठाकुर गैरे लगात्यतका केन्द्रीय नेताको सहभागिता थियो । सो भेलामा नेता ज्वालाले भन्नुभयो- ‘अब यो अधिवेशनले हप्ता उठाउनेहरु डनहरु र समाज खत्तम पार्नेहरुलाई  समाप्त पानुपर्छ । एमालेभित्रका डनहरु पार्टीका लागिमात्रै होइन, देशकै लागि खतरा हुन् ।’ नेता ज्वालाले भन्नुभयो- ‘ महेस बस्नेत पनि डन हुन् । हप्ता उठाउने र गुण्डागर्दी गर्ने डनहरु चाहिँदैन, यिनीहरुलाई अब बुटवलबाट बढार्नुपर्छ ।’
युवा संघको अधिवेशनमा आज केन्द्रीय नेतृत्व चयन गर्ने कार्यक्रम छ । युवा नेताहरु डनको विरोध गर्दै आचार्यको पक्षमा लागे पनि महेस बस्नेत र झपट रावलपक्षवीच सहकार्य भएकाले बस्नेतको प्यानल बलियो रहेको स्रोतले बतायो । आइतबार केन्द्रीय नेतृत्व चयन हुने भएको छ । केन्द्रमा उमेद्वारीका लागि आ-आफ्ना गुटका नेताले शनिबार साँझ अलग-अलग भेला गरेका थिए । बस्नेत पक्षले पनि रामनगरमा आफ्नो गुटको छुट्टै भेला गरेको थियो ।
एमाले युवा संघको अधिवेशनमा पर्शुराम बस्नेत, बाहुन डन लगायतका चर्चित डनहरुको सहभागिता रहेको र उनीहरुलाई बस्नेत पक्षको संरक्षण रहेको छ । कतिपयले यसलाई डनहरुको सम्मेलन समेत भनेका छन् । बस्नेतले युवासंघलाई रहरलाग्दो, भरलाग्दो र डरलाग्दो बनाउने उद्घोष गरेका छन् । आचार्य पक्षले भने मुड्की नभएर विचारका आधारमा चल्ने युवा संघ बनाउनुपर्ने बताएका छन् ।

No comments: