Sunday, February 24, 2013

पारस शाहको पेटको आन्तरिक रक्तश्राव रोकियो


१३ फागुन, काठमाण्डौ । बैंकको समित्भेज अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको पेटको आन्तरिक रक्तश्राव रोकिएको छ ।
उपचारमा संलग्न चिकित्सकले आइतवार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा रक्तश्राव रोकिएको र औषधीको सहायतामा उनको रक्तचाप-ब्लड प्रेसर) पनि नियन्त्रणमा आएको उल्लेख गरेको छ ।
तर पारसको स्वास्थ्य अबस्थामा सुधार आएको भने बिज्ञप्तिमा भनिएको छैन । अघिल्ला बिज्ञप्ति झैं यसपटक पनि पारसको स्वास्थ्य स्थिति जटिल तर स्थिर रहेको उल्लेख गरिएको छ ।
केही महिनादेखि बैंककमा बसिरहेका पारस शाहलाई पाँच दिन अघि हृदयघात भएपछि समित्भेज अस्पतालमा भर्ना गरिएको थियो । त्यसयता उनको स्वास्थ्यमा सुधार आउन सकेको छैन ।

No comments: