Saturday, February 23, 2013

डण्डिफोरबाट बच्ने उपाय के के छन् त ?

 मानिसको सुन्दरता झल्काउने अनुहारमा आउने डण्डिफोरले मानिसको रूप तथा
सुन्दरतालाई नै बिगारिदिन्छ । डण्डिफोरका कारण तपाईमध्ये धेरै पिडित हुनुभएको हुन 
सक्छ । 
डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ भने यी उपायहरू गर्नुस्...
- डण्डिफोर आएको ठाऊँमा दाँत माझ्ने पेष्ट दलिदिने ।
- डण्डिफोर आएको ठाऊँमा हलेदोको पेस्ट दल्ने । हलेदोको पेस्ट बेलुका सुत्ने बेला 
लगाउने र बिहान उठेपछि पखाल्ने ।
- डण्डीफोर आएको ठाऊँमा मह दल्ने । यसले ब्याक्टेरिया मार्छ र थप ईन्फेक्सन हुनबाट 
जोगाउँछ । 
- चीयाको तेलको डण्डीफओर आएको ठाऊँमा लगाउने, यसले पनि ब्याक्टेरीया मार्ने काम 
गर्छ साथै यसले डण्डिफोरको रातोपनलाई घटाउने, सुन्निने क्रमलाई रोक्छ । 
- तपाईले अनुहारमा प्रयोग गर्ने साबुन तथा अन्य कुराहरूमा समेत ध्यान पुर्याउनु 
पर्छ । साबुन तथा अन्य पदार्थहरूले तपाईको अनुहारमा एलर्जी उत्पन्न गर्न सक्छन् ।

No comments: