Tuesday, February 19, 2013

एमालेमा रेग्मीबारे पुनर्बिचार हुदै

 

९ फागुन, नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न बोलाइएको बैठकमा बाहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन गरेको समर्थनका बारेमा छलफल हुने महासचिव इश्वर पोखरेलले बताउनुभयो ।
पार्टी भित्रै प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्ताव फिर्ता गर्नुपर्ने आवाज उठेपछि उक्त प्रस्तावका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टी नेतृत्वले केन्द्रीय समितिको निर्णय विपरित प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउन समर्थन गरेकोले उक्त विषयमा छलफल हुने पोखरेलले बताउनुभयो ।
एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा मंगलबार बसेको नेताहरुको बैठकले स्थायी समितिको बैठक बसी निर्णय गर्ने निष्कर्ष निकालेकाले दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

No comments: