Tuesday, February 19, 2013

एमालेमा खैलाबैला

८ फागुन,काठमाडौ। देशको एक प्रमुख पार्टी एमालेमा पुनः आन्तरिक
दन्द्ध चर्किने संकेत देखिएको छ। केही दिन अघि मात्र कडा संघर्षपछि प्रधान्यायाधिसको
नेतृत्वको चुनावी सरकार बनाउने प्रस्तावमा सहमत भएको एमालेमा तीन ठुला नेता उक्त
निर्णयमा विरोधमा जोडदाररुपमा लाग्ने भएका छन्। विशेष गरि एमाले अध्यक्ष खनाललाई
लत्र्याउने उदेश्य सहित महासचिव इश्वर पोखरेल, सचिव शंकर पोखरेल र वरिष्ठ नेता माधव

कुमार नेपाल गोप्य भेटघाट गरिसकेका छन्, उनिहरुले एमाले गरेको उक्त निर्णय उल्टाउन ठुलै
कसरत पनि प्रारम्भ गरिसकेका छन्। स्रोतका अनुसार माओवादीको प्रस्तावमा सहमित
जनाएकोमा माधव नेपाल कांग्रेस प्रति पनि निकै आक्रोशित देखिएको बताइएको छ। बुधवार
माधव नेपालको आग्रहमा एमाले स्थाइ समितिको बैठक समेत बोलाइएको छ, बैठकमै
प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्तावमा जनाइएको सहमति फिर्ता
लिन लगाउने पहल भइरहेको स्रोतले जनाएको छ।
एमालेमा अध्यक्ष झलनाथ खनालको अग्रसरतामा एमाओवादी प्रस्तावमा सहमति जनाइएको हो,
कांग्रेस समेत प्रधानन्यायाधिसलाई सरकारको नेतृत्व दिने कुरामा सहमत भएपछि एमालेलाई पनि
सहमतिमा आउन दबाब परेको थियो।
महासचिव पोखरेल र सचिव शंकर पोखरेल भने पहिले देखिनै प्रस्तावको विपक्षमा थिए भने नेता
नेपाल पार्टीमा छलफल चलिरहेको बेला फ्रान्समा थिए ।

No comments: