Tuesday, February 5, 2013

नेपाली कामदारको नयाँ गन्तव्य पोर्चुगल

२४ माघ, काठमाण्डौं । पोर्चुगलमा नेपाली कामदारका लागि धमाधम माग हुन थालेको छ । नयाँ आकर्षक गन्तव्य मुलुकका रुपमा पोर्चुगलमा माग आउन थालेपछि वैदेशिक रोजगारमा जान चाहने कामदारले त्यसतर्फ अभिरुचि देखाउन थालेका छन् ।
एलाइन्स ह्युमन रिसोर्सेस प्रालिले २६ मंसिरमा एकैपटक ३५ जना नेपाली कामदार पोर्चुगल पठाएर सफलता पाएपछि अन्य व्यवसायीले पनि त्यहाँको रोजगारको मागपत्र धमाधम ल्याइरहेका छन् ।
पोर्चुगलको रोजगरा व्यवसाय गरिरहेका एलाइन्स र ह्युमन रिसोर्सेसका प्रवन्ध सञ्चालक सुदीप श्रेष्ठले पोर्चुगलको रोजगारबाट नेपाली कामदारको पहुँच युरोपेली मुलुकसम्म पुगेको बताएका छन् ।
‘हामी पोर्चुगलमात्र नभएर अन्य युरोपेली मुलुकमा पनि कामदार पठाउन प्रयत्नशील छौं,’ उनले भने, ‘तर युरोपेली मुलुक नेपाली कामदार र्फकने ग्यारेन्टी नेपाल सरकारसँग मागिरहेका छन्,’ उनले भने ।
पोर्चुगल जोन कामदारका लागि त्यहाँ बसोबास गर्ने वातावरण पनि कानुन अनुसार सहज छ । पोर्चुगलले कृषिका लागि आएका नेपाली कामदारलाई ६ देखि ९ महिनाभित्र आवासीय भिसा उपलब्ध गराउने खबर नयाँ पत्रिकाले छापेको छ ।

No comments: