सबैभन्दा पहिलोचोटि करिब पौने एक बजे धम्की आएको थियो भने त्यसपछि चार बजेतिर । उनले मंगलबार दिनभरजस्तै पटकपटक आफूलाई धम्कीका फोन आइरहेको बताए । सम्पादक बुढाथोकीले आफूलाई आएको धम्कीको कुरा सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा समेत सार्वजनिक गरेका छन् । सबैभन्दा पहिला ं४९१५२१२०८१४१० नम्बरको टोलिफोनबाट धम्की आएको थियो । यो नम्बर जर्मनीको रहेको टेलिकमले जनाएको छ । यस्तै, चार बजेर ८ मिनेट जाँदा अर्को धम्की ं६०११२१५४९३२ नम्बरबाट आएको बुढाथोकीले जानकारी दिए । टेलिकमका अनुसार यो मलेसियाको नम्बर हो । सम्पादक बुढाथोकीले यो विषयलाई लिएर आफू प्रहरी–प्रशासनमा नगएको बताए ।
महासचिव शेर्पाले महासंघको नाममा रकम उठाएर दुरुपयोग गरेको समाचार साँघुले प्रकाशित गरेको थियो । नेपाल पत्रकार महासंघले बुढाथोकीमाथि आएको धम्कीका सम्बन्धमा कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
No comments:
Post a Comment