Tuesday, February 26, 2013

सुस्वास्थ्यका लागि शाकाहार


मानिसलाई स्वस्थ राख्ने प्रमुख आधार नै खाना हो । स्वस्थ बनाउनको लागि तागत वा शक्ति दिने खानेकुराको त्यतिकै महìव हुन्छ । सोको लागि शाकाहारी खानाको भुमिका महìवपूर्ण हुन्छ । जस्तैः उसिनेको, हकुवा, ताइचिन र मन्सुरी चामललाई स्वस्थ खानाको रूपमा लिइन्छ । त्यस्तै गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, शखरखण्ड, तरुल, पिँडालु, गिठ्ठा, आलु, चिउरा, फलफूललाई स्वस्थ भोजनको रूपमा लिन सकिन्छ । शरीरको तापक्रम र सन्तुलन बनाइराख्न, मांशपेशी बलियो बनाउन, शरीरको मुख्य अङ्गहरू -मृगौला, मुटु, फोक्सो, मष्तिस्क) लाई निरोगी राख्न एवं विभिन्न समस्याहरू निराकरण गर्न यी शाकाहारी खाना नै हुन् । स्वास्थ्य समस्याहरू निराकरण गर्न
नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनको लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर "बी", रगत राम्रो बनाउने तìव, शरीरबाट काम नलाग्ने बस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्दछ । तरकारीको रूपमा प्रयोग गरिने आलुबाट भिटामीन सी प्राप्त हुन्छ । यसले घाउ निको पार्न र बलियो बनाउन सहयोग पुर्‍याउँछ । खानामा भएको तìव पचाउन शरीरलाई शक्ति दिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मद्दत गर्दछ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पुर्‍याएको कुरा विभिन्न अध्ययनले जनाएको छ । यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दाँत र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मानिसलाई ताप वा शक्ति दिने खानाको कमी भएमा दुब्लाउँछ, सो कारणबाट मांशपेशी कमजोर हुन गई जाँगरसमेत निम्न हुन्छ । थकाई छिटो लाग्छ, जाडो भएको महसुस भई जीउ काँप्छ । शरीरको विकास र यसलाई सन्तुलित राख्न शाकाहारी खाना मुख्य हो । यो गेडागुडी र अन्य बस्तुबाट प्राप्त गर्न सकिन्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङ्गमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बियाँ, लट्टेको गेडा, ओखर, ज्वानो आदिबाट पनि प्रशस्त शरीर रक्षा गर्ने प्रोटिनको मात्रा पाइन्छ । अतः शरीरको विकास र दीर्घ जीवनकालागि माथि उल्लेखित प्रोटिनयुक्त शाकाहारी खाना खानु पर्दछ । प्रोटिन कपाल, हाड, मांशपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तìव हो । यसले शरीरको मुटु, मृगौला र कलेजोकोषहरूलाई करिब दुई हप्तासम्म जीवित राख्न सहयोग गर्दछ । छाला, हाड र मांशपेशीका कोषहरू छ-सात महिनासम्म जीवित राख्दछ । प्रोटिनले घाउ छिटो निको गर्न मद्दत पुर्‍याउँछ । केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने तìव क्याल्सियम पनि प्रदान गर्दछ । प्रोटिन र भिटामिन खाएनौँ भने खानामा भएको तìवहरू सबै शरीरले पचाउन सक्दैन र त्यस्ता तìवहरू दिसामा बगेर खेर जान्छन् । अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ । खानामा प्रोटिन र कार्बोहाइड्रेड समान अनुपातमा हुनु अति महìवपूर्ण हुन्छ । प्रोटिनयुक्त खानेकुरा शक्ति दिने र भिटामिन दिने खानेकुराहरूसित खायौँ भने शरीरले पूरा मात्रामा खानामा भएको पौष्टिक तìव पचाउन सक्दछ । त्यसैले विभिन्न किसिमका खानेकुराहरू मिलाएर खानु फाइदाजनक हुन्छ ।
प्रोटिनयुक्त खानेकुरामा सबभन्दा असल स्रोतहरू भएको खानेकुरा शाकाहारी खानाबाटै पाइन्छ । भटमास, मह, सागसब्जीलाई स्रोतको रूपमा प्रयोग गर्न सकिन्छ । दूध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन् । आमाले बच्चा गर्भमा छँदा र जन्मेपछि प्रोटिन पुग्दो मात्रामा खान्छिन् भने त्यस्ता आमाको दूध खाने बच्चा पुष्ट र स्वस्थ्य हुन्छ । आमाले मिश्रति खाना सेवन गर्दा आमाको दूध प्रशस्त मात्रामा आउँछ । हाम्रो शरीरलाई आवश्यक पर्ने तìवहरू गाढा हरियो रङको तरकारीमा हुन्छन् । जसले रोगका किटाणु सरुवा रोग र कमजोरीबाट बचाउँछ । फर्सी, गाजर, बकुला र उमारेको गेडागुडीहरूमा शरीरलाई आवश्यक पर्ने प्रशस्त तìवहरू हुन्छन् हाम्रो समाजमा अज्ञानका कारण केही बालबालिका र वयस्क व्यक्ति पनि गाढा हरियो सागपात खाँदैनन् गाढा हरियो सागपातमा भिटामिन ए हुन्छ । भिटामिन ए आँखाका लागि अति आवश्यक हुन्छ ।
नेपालमा धेरै जसो सुत्केरी आमामा रगतको कमी हुने रोगहरू देखापर्ने गर्दछ । यसकारण पनि प्रशस्त हरियो सागपातको तरकारी खानु आवश्यक छ । सागपातलाई सफा पानीले राम्रोसँग पखालेर हातले चुड्ने र त्यसलाई पकाउँदा कम मात्रामा चिल्लो पदार्थ र नून, पिरो हाल्नु पर्दछ । सागलाई धेरैबेर पकाएमा भिटामिन नष्ट हुन्छ । सागपात काट्दा पनि भिटामिन नष्ट हुन्छ । त्यसैले सकेसम्म होसियारी साथ सागपात खानयोग्य बनाउनु पर्दछ । हाम्रो शरीर रक्षा गर्ने शाकाहारी खानेकुरा आँप, हलुवावेद, खुर्सानी, सुन्तला, मेवा, गोलभेंडा, सागपातहरूमा कर्कलो, लट्टे साग, फर्सीको मुन्टा आदि पर्दछन् । यी फलफूल तथा सागसब्जीमा पनि भिटामिन ए प्रशस्त पाइन्छ । यस्तै अम्बा, मेवा, भुइँकटहर, अमिलो जातका फलफूलहरू पर्दछन् । काँक्रो र आलुमा पनि भिटामिन सी पाइन्छ । गुणस्तरीय जीवनका लागि शाकाहारी खानाको आवश्यक हुन्छ तर मांशाहारी खाना भने जति नै मीठो भए पनि स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ ।

No comments: