Thursday, February 21, 2013

छड्के आजबाट


 फरक धारमा निर्माण भएको बताइएको चलचित्र ' छड्के'ले
आजदेखी हलहरूमा आफ्नो उपस्थिति जनाउँदै छ । ओरालो लागीरहेको नेपाली सिने जगतलाई
केही उकास्ने आशा गरिएको चलचित्र 'छड्के' को निर्देशन निगम श्रेष्ठले गरेका हुन् ।
प्रिन्सेस मुभिज र रस ताण्डवको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा सौगात
मल्ल, नम्रता श्रेष्ठ, दयाहाङ राई, अर्पण थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
यस चलचित्रको निर्माण निर्माता माधव वाग्लेले गरेका हुन् ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा उक्त चलचित्रका कलाकार, निर्देशक तथा निर्माताले
चलचित्र छड्केबारे जानकारी दिएका थीए भने उक्त कार्यक्रममा लचित्रको अडियो पनि
सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा बोल्दै कलाकार तथा निर्माताले चलचित्र निकै फरक धारमा आधारित भएर
निर्माण भएको बताएका थिए । चलचित्रको प्रोमो हेर्दा पनि यो चलचित्र निकै फरक खालको
प्रस्तुती प्रस्तुत गरिएको देकीएको छ भने यसको कथावस्तु पनि अहिलेको चलचित्रहरू
भन्दा भिन्न रहेको बुझिन्छ । अन्य थप जानकारी त चलचित्र हेरेपछी अवस्य नै थाहा
हुनेछ ।

No comments: