Sunday, February 10, 2013

शुशिल माथि प्रचण्डको व्यङ्ग्य

२८ माघ, काभ्रे । रेखा थापासँग नाचेर राजनीति र मनोरञ्जनलाई 'फ्युजन'
गरेका प्रचण्डले राजनीतिमा त्यस्तै अर्को तरङ्ग ल्याइदिएका छन् । उनले आज आफु सुहाउदो
पार्टनर खोजेको बताएपछी उपस्थित पत्रकारले सीता दाहाल देखि रेखासम्म मन डुलाउन
भ्याएका थिए तर जब प्रचण्डले राजनीतिक पार्टनर भन्दै गिरिजा प्रसाद कोइरालाको बितेका
कुरा उप्काए बल्ल पत्रकारले थाहा पाए यो त कांग्रेसमाथी पड्काइएको तोप रहेछ भनेर ।
सरकार विरूद्ध आन्दोलनमा रहेको कांग्रेसकै अस्त्र प्रयोग गरेर कांग्रेसलाई नै प्रहार गरेपछी
प्रचण्ड कुराकानीका बीचमा मुसुक्स हासेका थिए ।
काठमाडौभन्दा २५ किलोमिटर टाढाको धुलिखेलमा प्रचण्डले पड्काएको तोपको गुञ्जन कोइराला
निवास महाराजगञ्जसम्म आइपुग्यो । उनले आफूले कांग्रेसकै नेता गिरिजा प्रसाद कोइराला जस्तो
पार्टनर नभेटको भन्दै घुमाउरो पारामा सभापति शुसिल कोइरालालाई दर्बिलो प्रहार गरेका
छन् । उनले गिरिजा प्रसाद कोइराला जस्तो पार्टनर भेटेको भए देशले निकास पाइसक्ने दावी
गर्दै घुमाउरो पारामा शुसिल कोइरालालाई गिरिजा प्रसाद जस्तो हातेमालो गर्दै अगाडि
बढ्न नसक्ने नेताका रूपमा चित्रित गरे । सभापति कोइरालालाई पार्टीभित्रका केही नेताहरूले
पनि कोठे राजनीति गर्ने गरेको आरोप पनि लगाइरहने गरेका छन् । यता प्रचण्डले गिरिजा
जस्तो पार्टनर खोजिरहेको र भेट्नेबित्तिकै देशले निकास पाउने दावी समेत गरे ।
कांग्रेस-एमालेले भोली निर्णायक वार्ता गर्ने बताएका बेला आएको प्रचण्डको यो भनाईलाई
कांग्रेस सभापति कोइरालाले कसरी 'ट्याकल' गर्छन् त्यो भने हेर्न बाँकी छ ।

No comments: