Wednesday, February 27, 2013

सुरा, सुन्दरी र एमाले

बुटवल, फागुन १७२०५४ सालतिर सरकार बनाउने र गिराउने खेलमा एमाले भित्र सुरा र सुन्दरीको खुब चर्चा भएको थियो। अहिले आएर त्यो बिडो युबा एमालेहरुले थामेका छन् ।एमालेको भातृ संगठन युवा संघ नेपालको आठौं महाधिवेशनले बुटवलका जनतालाई केही नदिए पनि मदिरा तथा होटल व्यवसायी र औषधी पसले भने मालामाल भएका छन् । देशभरका खुँखार डनहरुको जमघटका कारण बुटवलका गतिला होटल जति पहिलेनै बुक भइसकेका थिए । वास्तविक प्रनिनिधीहरु भनें होटल बास नपाएर भौतारिएका थिए । बुटवलमा युवा संघको सम्मेलन चलुन्जेल करीव २ करोडको मदिरा खपत भएको पेय पदार्थ विक्री वितरण व्यवसायी महासंघको रुपन्देही शाखाले जनाएको छ । औषधी पसल मालामाल हुनुको कारण भनें कण्डमको अत्यधिक खपतले गर्दा हो । यसपटक युवा संघले करीव ५० प्रतिशत महिला प्रतिनिधि समावेश गरेको थियो । यसक्रममा चल्तिका डनहरु तथा शक्तिसाली नेताहरुले महिला कोटामा आफू निकटका युवती, आफ्ना गर्ल फ्रेण्ड र कतिपय त रेष्टुरेन्ट र मसाज पार्लरका युवतीलाइ पनि प्रतिनिधी बनाएर बुटवल लगेको चर्चा युवा संघ सम्मेलन स्थलमै चलेको थियो ।
डनहरुले आ आफ्ना गाडीमा गर्लफ्रेण्डहरुलाई प्रतिनिधि बनाएर लगेको दृष्य लाजलाग्दो थियो । प्रायः सबै गतिला होटलमा युवा संघका प्रतिनिधिहरु दिउसै मापसे गरि कोठाभित्र रासलिलामा मस्त भएको भन्दै बन्दसत्रमा केही प्रतिनिधिले होहल्ला गरेका थिए । बुटवलका औषधी पसल र पान पसलहरुबाट समेत अत्यधिक मात्रामा कण्डम खपत भएको औषधी व्यवसायीहरुले बताए । १ रुपैयादेखि डेढ सय रुपैयासम्मका कण्डम विक्री भएको विपुल फार्मेसीकी अनिता ज्ञवालीले बताइन् । कतिपय प्रतिनिधिहरु भनें जोडी बाँधेर लुम्बिनी, मणीग्राम, भैरहवा लगायतका ठाउमा गएर रात बिताएका थिए । माओवादी लडाकुबाट चितवनको शक्तिखोरमा मारिएका भनिएका रामहरी श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ एकजना एमाले निकट पत्रकारसँग मस्किएको देख्दा अरु प्रतिनिधि लाज मानेर हिडेका थिए । बुटवलमा कोठा नपाएको भन्दै उनीहरु महाधिवेशन छाडेर डेटिङका लागि लुम्बिनीतिर लागेका थिए । कतिपय जोडीलाई आपत्तिजनक अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।


सिद्धार्थ कटेजमा आयोजित निरज आचार्य प्यानलको उम्मेदवारी घोषणासभामा बुटवलका डन तथा हाल नवनिर्वाचित युवा संघका उपाध्यक्ष राजु गुरुङले मन्चबाटै कार्यक्रम उद्घोषणा गर्ने क्रममा महेश बस्नेत पक्षका चार जोडी युवा युवती प्रतिनिधिहरु यौन सम्पर्क गरिरहेको अवस्थामा बुटवल बसपार्कका होटलबाट पक्राउ परेको बताएका थिए । एउटै कोठामा दुई जोडीले यौन सम्पर्क राखिरहेको भेटिएकाले पेशेवर यौनकर्मी ठानेर पक्राउ गरिए पनि उनीहरु एमाले युवा संघका महाधिवेशन प्रतिनिधि भन्ने थाहा पाएपछि छाडिएको प्रहरीले जनाएको छ । युवा संघ सम्मेलनमा अनेरास्ववियुका कतिपय नेताहरु जोडी सहित बुटवल पुगेका थिए । उपाध्यक्ष नविना लामा आफ्ना ब्याइफ्रेण्ड प्रवीण श्रेष्ठसँगै पुगेकी थिइन भनें अखिल सुन्दरी भनेर चिनिने रन्जु ज्ञवाली र मेनका पछाइ पनि उतै बरालिदै थिए । अर्की नेतृ उषाकिरण तिम्सिना एमाले नेता घनश्याम भुषालसँग डुलिरहेकी थिइन् । राधिका खतिवडा बेलुका एकाएक बेपत्ता भएपछि अखिलका युवतीहरुबीच खैलाबैला मच्चिएको थियो ।
भर्खरैमात्र रामेछापको मन्थलीमा केपी ओलीबाट टिका लगाएर एमाले प्रवेश गरेका रमेश बाहुन अर्थात बाहुन डन बुटवल पुगे पनि उनलाई पछ्याउदै अपराध अनुसन्धानको टोली बुटवल पुगेपछि उनी टाप कसेका थिए । उनलाई प्रहरीले पछ्याएको र महाधिवेशनस्थलबाटै पक्राउ गर्ने सम्भावना रहेको सूचना उनकै काका नाता पर्ने नेपाल पत्रकार महासंघका एक केन्द्रीय सदस्यले दिएपछि महेश बस्नेतले भाग्ने चाँजोपाँजो मिलाइदिएका थिए । बाहुन डनलाई युवा संघको कुनै बिभागमा मनोनित गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । बाहुन सहित साजन महर्जन, अमित लामा लगायतका खुँखार डनहरुलाई बिभागमा मनोनित गर्ने आश्वासन दिएर केन्द्रीय सदस्यमा उम्मेदवारीबाट रोकिएको थियो ।
पत्रकार कुटेर चर्चामा आएका डन परशुराम बस्नेत भने सबैभन्दा बढि मतका साथ युवा संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उमेर हदका कारण युवा संघबाट बिदा हुने भनिए महेश बस्नेतसँगको विशेष सम्बन्धका कारण निरु पाल पुनः उपाध्यक्ष मात्र भइनन उनले आफू निकटस्थ खुँखार डन धु्रब आचार्यलाई पनि महेशको प्यानलबाट केन्द्रीय सदस्य जिताउन सफल भएकी छन् ।

No comments: