Friday, February 8, 2013

कमल र पुष्पकमल को कुरो मिल्यो

२६ माघ,काठमाडौ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश खिलराज
रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रचण्डलको प्रस्तावलाई स्वागत गरेका छन्।

एमाओवादीका अध्यक्ष प्रचण्डले हेटौँडामा जारी पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दा
राजनीतिक गतिरोध अन्त्यका लागि जेठमा चुनाव सम्पन्न गर्ने विकल्पका रुपमा
प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन हुनसक्ने धारण राखेका थिए ।

राप्रपा नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष थापाले यो वा त्यो
वहानामा चुनावलाई पछि धकेल्दै जाने हो भने मुलुकमा विदेशी हस्तक्षेपले चरमसीमा नाघ्ने
बताउँदै सात राजनीतिक दलका कुनै पनि नेताको नेतृत्वमा निष्पक्ष चुनाव हुन नसक्ने ठोकुवा
पनि गरे ।

चुनाव गर्ने सम्बन्धमा दलहरु असफल भइसकेकाले न्यायपालिकाको नेतृत्व गरिराखेका व्यक्तिबाट
चुनावी सरकारको गठन गर्नु सबैभन्दा उत्तम भएको जनाए ।

No comments: