Wednesday, February 6, 2013

दुई सय वर्षपछी पेरिसका महिलाले पाइन्ट लगाउन पाउने भए

सरकारले पाइन्ट लगाउने महिलाविरुद्ध आपराधिक मुद्दा चलाउन सक्ने दुई सय वर्ष भन्दा पुरानो नियम समाप्त भएपछी फ्रान्सेको राजधानी पेरिसका महिलाले पाइन्ट लगाउन पाउने भएका छन् । पाइन्ट सहित ‘पुरुषको जस्तै पोशाक’ लगाउन महिलाले स्थानीय प्रहरीबाट अनुमति लिनुपर्ने महानगरको नियम रहेको थियो । त्यस्तो नगर्ने महिलाविरुद्ध आपराधिक मुद्दा चल्ने कानुनी व्यवस्था थियो ।

http://www.nepaljapan.com/wp-content/uploads/2013/02/pants.jpgपेरिसका महिलाले पाइन्ट लगाउन पाउनु पर्ने माग लामो समयदेखि गर्दै आएका थिए । फ्रान्सेली क्रान्तिको समयदेखि नै उनीहरुको यो माग रहँदै आएको थियो ।

फ्रान्सेली महिला अधिकारमन्त्री नाजात भालैद बेल्कासेमले सन् १८०० नोभेम्बर १७ देखि लागू रहेको सो नियम फ्रान्सको आधुनिक मूल्य मान्यता तथा कानुनसँग नमिल्दो भएको बताएकी छिन् ।

फ्रेन्च सिनेट जर्नललाई उत्तर दिँदै भालौद बेल्कासेमले त्यसलाई यो औपचारिक रुपमा त्यसलाई हटाइएको बताएकी छिन् । उनले भनिन्, ‘यो आदेश महिला तथा पुरुष समान हुन भन्ने सिद्धान्तसँग मेल खाँदैन र त्यसैले यस्तो आदेशलाई रोकिनु पर्छ ।’

फ्रान्समा महिलाले लगाउने पोशाकको विषयले राजनीतिक आक्रोश उत्पन्न गर्ने गरेको छ । फ्रान्सेली राष्ट्रपति फ्राँस्वा होल्यान्डको सरकारको पहिलो मन्त्रिपरिषदको बैठकमा ग्रीन पार्टीकी ३७ वर्षिय मन्त्री सेसिले डुफ्लोटले जिन्स लगाएर गएपछि उनको विरोध भएको थियो ।

फ्रान्समा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विषयमा छलफलमा जाँदा समेत धेरै महिला सांसदहरुले संसदको लूगा सम्बन्धी नियम तोडेका थिए । सन् २०१० मा ग्रिन पार्टीका सांसदहरुको एउटा समूहले पाइन्ट लगाउन नपाउने व्यवस्था खारेज गर्न अभियान शुरु गरेका थिए ।

No comments: