Tuesday, February 5, 2013

कतार संसारकै धनी राष्ट्र

दोहा/ विश्वको चर्चित पत्रिका फोब्र्सको एक अध्ययनबाट सन् २०१२ को संसारकै धनी राष्ट्र कतार भएको छ । फोब्र्सले १५ धनी राष्ट्रको सर्वेक्षण गर्दा अरबी राष्ट्र कतार शीर्ष स्थानमा रह्यो । उत्कृष्ट दशमा पनि एसियाली मुलुककै अधिपत्य देखिएको छ ।
अरबी क्षेत्रका तीन राष्ट्र कतार, कुवेत सिटी तथा अरब शीर्ष दशमा अटाएका छन् । साथै सिंगापुर, हङकङ र ब्रुनाई पनि समेटिएछन् । वाषिर्क प्रतिव्यक्ति आम्दानी आधारमा धनी राष्ट्रको सूची तयार गरिएको हो । जसमा कतार अब्बल रह्यो । गतवर्ष कतारीको प्रतिव्यक्ति आय एक लाख २७ सय ६८ डलर थियो । अन्तर्राष्ट्रिय 'मोनेटरी फन्ड' को सर्वेक्षणमा पनि कतारी नागरिकका कमाई अन्य मुलुकका भन्दा बढी देखिन्छन् ।
गतवर्षको विश्वका धनी राष्ट्र सूची बनाउँदा फोब्र्सले ग्रोस डोमेस्टिक प्रोडक्ट -जिडिपी) कुल गार्हस्थ उत्पादन तथा परचिङ पावर प्यारिटी -पिपिपी) क्रयशक्ति एक रूपता रहेको अध्ययन गरेको थियो । जिडिपी र पिपिपीको अध्ययन विश्व बैंकको मोनेटरी फन्डले गर्छ । जिडिपी र पिपिपी समान रूपमा अगाडि बढेको अवस्थामा मुलुक धनी हुने अध्ययनमा उल्लेख छ ।
कतारको हकमा जिडिपी र पिपिपी समान रूपमा अगाडि बढेको विश्व बैंकले जनाएको छ । जसकारण गतवर्ष कतार संसारकै धनी राष्ट्र ठहरिएको छ । कतार पेट्रोलियम, ग्यास तथा तेल उद्योगका कारण गतवर्ष धनी राष्ट्रका रूपमा परिचित भयो । कतारले बाजी मार्दा युरोपियन लक्जम्बर्ग दोस्रो धनी राष्ट्र बनेको छ । गएको वर्ष लक्जम्बर्ग संसारकै धनी राष्ट्र थियो । यसपटक भने कतारले लक्जम्बर्गलाई निराश पारेको छ ।
आर्थिक मन्दीको प्रभाव युरोपमा परेपछि यसको असर लक्जम्बर्गमाथि देखियो । अरबी राष्ट्रहरूमा आर्थिक मन्दीको केही असर नपरेको फोब्र्सले उल्लेख गरेको छ । लम्क्जम्बर्गले आफ्नो ताज गुमाउनुको मुख्य कारण नै युरोपमा उत्पन्न आर्थिक मन्दी नै थियो । लक्जम्बर्गको मुख्य आम्दानी स्रोत आइरन उद्योग हो । गतवर्ष अन्तर्राष्ट्रिय बैंकिङ र फाइनान्समा राम्रो प्रगति गरे पनि लक्जम्बर्गको आर्थिक उन्नति
राम्रो रहेन ।
यहाँका जनताका प्रतिव्यक्ति आय ८० हजार ६ सय ७९ डलर रह्यो । प|mोब्सले लक्जम्बर्गका जनता विलासी जीवन बिताउन मन पराउने उल्लेख गरेको छ । 'लक्जम्बर्गका जनता उच्च सुविधा प्रयोग गर्छन्, यहाँका मानिसको जीवनशैली अन्य राष्ट्रका तुलनामा फरक छ,' फोब्र्सले उल्लेख गरेको छ । लक्जम्बर्ग उत्तरीपश्चिम युरोपमा पर्छ । शान्त सुन्दर मुलुक भएकाले यहाँ धेरै युरोपियन जनता बिदा मनाउन आउन रुचाउँछन् । यो युरोप तथा विश्वको सानो मुलुकका रूपमा परिचित छ ।
तेस्रो धनी राष्ट्र एसियाकै सिंगापुर बन्न रहेको छ । गतवर्ष सिंगापुरको प्रतिव्यक्ति आय ६० हजार आठ सय ८३ डलर थियो । चारैतिर समुद्रले घेरिएको सिंगापुर विशेषतः पर्यटन उद्योगका लागि प्रसिद्ध मानिन्छ । त्यसपछि युरोपको नर्वे चौथो स्थानमा छ । एसियाकै हङकङ पाँचाँै स्थानमा रहँदा ब्रुनाई छैटौँमा छ । संसारकै शक्तिशाली मानिएको राष्ट्र अमेरिका भने सातौँ स्थानमा छ । उत्तर तथा दक्षिण अमेरिकाबाट अमेरिकाले मात्र धनी राष्ट्रमा प्रतिनिधित्व गरेको छ । आर्थिक मन्दीले प्रभाव पारेपछि अमेरिकीको आम्दानी गतवर्ष खासै उल्लेखनीय रहेन । आतंकारी समाप्त पार्ने अभियानमा पछिल्लो दशकमा अमेरिकाले अबौर्ं डलर खर्च गरेको छ । जसले गर्दा पनि अमेरिकामा आर्थिक मन्दी छाएको अनुमान गरिएको छ । गतवर्ष अमेरिकीको प्रतिव्यक्ति आय ४९ हजार आठ सय दुई डलर रह्यो ।
यता, नब्बेको दशकदेखि प्रगतिको पथमा लम्केको अरबी राष्ट्र अरब आठाँै स्थानमा छ । अरबको मुख्य उद्योग पनि तेल नै हो ।  अरबको गतवर्ष प्रतिव्यक्ति आय ४८ हजार नौ सय ९२ डलर रह्यो । युरोपको भूपरिवेष्ठित मुलुक स्विट्जरल्यान्ड नवौँ स्थानमा छ । गतवर्ष स्विस नागरिकको प्रतिव्यक्ति आय ४५ हजार दुई सय ८५ डलर रह्यो । संसारका विभिन्न कुनाबाट स्विट्जरल्यान्डमा बाह्रैमास पर्यटक आउने भएकाले यहाँ बसोबास गर्ने स्विस नागरिकको आम्दानी बढेको फोब्र्सले जनाएको छ । कुवेत दसौँ धनी राष्ट्र बन्दा यहाँ गतवर्ष प्रतिव्यक्ति आय ४३ हजार आठ सय ४६ डलर रहेको फोब्र्सले जनाएको छ ।

No comments: