Friday, February 22, 2013

पारसको स्वास्थ्य स्थिति थप गम्भीर


फाल्गुन ११ - पूर्वयुवराज पारस शाहको स्वास्थ्यस्थिति अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको छ । उपचारका क्रममा थाइल्याण्डको बैंककस्थित अस्पतालमा शुक्रबार बिहान बिहीबारको तुलनामा अत्यन्तै नाजुक रहेको अस्पताल स्रोतलाई उदृत गर्दै त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ । यसैबीच पारस पत्नी पूर्व युवराज्ञी हिमानी शाह १ बजेर ५० मिनेटको थाई एयरको विमानबाट बैंकक प्रस्थान गरेकी छन् ।
गत मंगलबार राती अचानक हृदयघात भएपछि बैंककस्थित समितिवेज अस्पतालमा उपचाररत शाहको स्थिती शुक्रबार बिहान देखि निकै चिन्ताजनक रहेको त्यहाँस्थित कार्यबहाक राजदुत डोरनाथ अर्यालले जानकारी दिए ।
“भर्खरै मलाई अस्पताल स्रोतले दिएको जानकारी अनुसार उहाँको स्वास्थ्य स्तिथी निकै ‘क्रिटिकल’ छ । त्यसबाहेक बाहिर समाचारमा आयोजस्तो कुनै खबर पाएको छैन” अर्यालले टेलिफोनमा भने । करिब दुईबर्षअघि देखि बैंककमा बस्दै आएका ४२ बर्षीय पूर्वयुवराजको स्वास्थ्य अवस्थालाई लिएर सामाजिक संजाल लगायत संचारमाध्यम विभिन्न खबरहरु प्रवाह भइरहेका छन् । दोस्रोपटक हृदयघातबाट ग्रस्त पारसलाई आइसियुबाट सिसियु कक्षमा सारिसकीएको पनि स्रोतले बतायो ।
पूर्व राजपरिवार निकट स्रोतका अनुसार पारसको स्वास्थ्य अवस्था नाजुक नै छ । स्रोतका अनुसार उनको मुटुको चाल र रक्तचाप स्थिर छ, मस्तिष्कले राम्रो प्रतिक्रिया दिन सकेको छैन । तर, सीटी स्क्यानमामा केही अप्राकृतिक देखिएको पनि छैन ।
उनको शरीरको तापक्रम सामान्य अवस्थामा ल्याउन हाइपो थर्मिया उपचार भइरहेको छ । उक्त उपचार ७२ घण्टासम्म गरिन्छ ।
बैंककस्थित कार्यवाहक राजदूत डोरनाथ अर्यालका अनुसार जटिल तर स्थिर अवस्थामा पूर्व युवराज छन् । उनको उपचार अझै आईसीयूमै भइरहेको छ । पारसको स्वास्थ्यस्थिति बारेमा पूर्वराजपरिवार नातेदार डा.राजीव शाहीसंग कुराकानी भएको अर्यालले बताए । आजबिहानदेखि अस्पतालले पारससंग कसैलाई भेट्न दिएको छैन ।

No comments: