Monday, February 4, 2013

सात विश्व सम्पदाहरु कालोसूचिमा पर्ने खतरा

 
200379422-001
काठमाडौं, माघ २२ – विश्व सम्पदा सूचिमा रहेका राजधानीका सातैवटा सम्पदाहरु कालोसूचिमा पर्ने खतरा बढेको छ । पछिल्लो समयमा ती सम्पदाहरुले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न नसकेपछि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन –युनेस्को)ले कालोसूचिमा राख्ने खतरा बढेको हो ।
काठमाडौं उपत्यकामा रहेको हनुमान ढोका, स्वयम्भु, चाँगुनारायण, भक्तपुर दरबार स्केवर, पाटन दरबार स्केवर, बौद्ध र पशुपति गरी सातवटा स्थानहरु सम्पदा सूचिमा रहेका छन् । कुनै पनि क्षेत्र विश्व सम्पदा क्षेत्रमा सूचिकृत हुनका लागि युनेस्कोले तय गरेको अन्तर्राष्ट्रिय मापदण्डहरु अवलम्बन गर्नु पर्ने हुन्छ । युनेस्केको मापदण्डमा विश्व सम्पदन स्थलको सूचिमा रहेका स्थलहरुमा कुनै सभासमारोह गर्न नपाइने, सवारी प्रवेशलाई रोक्नुपर्ने, सम्पदालाई खण्डीकरण गर्ने गरी सडक लगायतका कामहरु गर्न नहुने, तारहरुलाई जमिनमूनिबाट लानु पर्ने लगायतका मापदण्डहरु उल्लेख गरिएको छ । तर, राजधानीका सम्पदाहरुले ती मापदण्डहरु पूरा गर्न सकेका छैनन् जसलाई स्वयं सम्बद्ध निकायहरुले पनि स्वीकारेका छन् ।
युनेस्कोले विभिन्न समयमा विभिन्न कारण देखाउँदै ती सम्पदाहरुलाई खतराको सूचिमा राखेको थियो । सन् २००३ मा पनि युनेस्कोले सातैवटा सम्पदा क्षेत्रलाई खतराको सूचिमा राखेको थियो । पछि सन् २००७ मा तिनीहरुलाई खतराको सूचिबाट हटाइएको थियो ।

No comments: