Tuesday, February 5, 2013

माओवादी महाधिवेसनले दिनकै ३ लाख कमाउँछन् होटल व्यवसायी

mahadi beshan 2मकवानपुर, माघ २३ – एकीकृत नेकपा माओवादीको सातौँ राष्ट्रिय महाधिवेशनका कारण हेटौडाको आर्थिक गतिविधि बढेको छ । राजनीतिक केन्द्रको रुपमा स्थापित भएको र देशको सबैभन्दा ठूलो पार्टीको महाधिवेशनका कारण हेटाँैडामा आर्थिक चहलपहल बढेको हो ।हाल दैनिक तीन लाखदेखि तीन लाख पचास हजारभन्दा बढीको व्यापार भएको होटल व्यवसायी सड्घका अध्यक्ष भगिरथ शर्माले जानकारी दिनुभयो ।
हेटौंडाका साना तथा मझौला होटलहरु कुनै पनि खाली छैनन् । प्रायः सबै होटलमा बाहिरबाट आएका सञ्चारकर्मी, माओवादी प्रतिनिधि तथा पर्यवेक्षक बसेका छन् ।

No comments: