Monday, February 11, 2013

निर्दलीय सरकारमार्फत् जेठ १५ भित्र चुनाव गर्न दलहरु सहमत

९ माघ, काठमाडौं । लामो समयदेखि झगडा र आन्दोलन गर्दै आएका सत्तापक्ष र प्रतिपक्षी दलवीच सोमबार बिहान निर्दलीय व्यक्तिको नेतृत्वमा सरकार गठन गरी जेठ १५ भित्र चुनावमा जाने शर्तमा कुरो मिलेको छ । प्रधानमन्त्री बन्ने ‘निर्दलीय’ व्यक्तिको नाम भने तय गरिएको छैन । यसबारे आजै बेलुका ५ बजे राष्ट्रपतिसमक्ष छलफल गरिने भएको छ ।
नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यलयमा सोमबार बिहान बसेको प्रमुख राजनीतिक दलहरुको बैठकले जेठ १५ गतेसम्म संविधानसभाको निर्वाचन गर्ने गरी चुनावी सरकार गठन गर्ने सहमति गरेको हो । बैठकमा दलहरुले स्वतन्त्र व्याक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नेसहमति गरेका छन् ।
लामो समयको संवादहीनतालाई चिर्दै सोमबार बसेको बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी थिए ।
बैठकपछि एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेठ १५ गते चुनाव हुने गरी सहमति जुटेको जानकारी दिनुभएको छ । उहाँले आजै साँझ राष्ट्रपतिसँग हुने छलफमा ठोस निस्कर्ष आउन सक्ने बताउनुभयो । दलहरुले साँझ ५ गते राष्ट्रपति डा रामवरण यादवसँग छलफलको समय तय गरेका छन् ।
एमाओवादीले अघि सारेको वाहालवाला प्रधानन्यायाधीस, स्वतन्त्र व्याक्ति वा पूर्वप्रधानन्यायाधीस भन्नेमा सहमति भइसकेको छैन । आज दिनभर दलहरुले त्यसमा आन्तरिक छलफल गरेपछि बेलुकासम्म निस्कर्षमा पुग्ने बताएका छन् ।
एमाओवादी सहमतिमा नआए आजैबाट विपक्षी दलले दोस्रो चरणको आन्दोलन गर्ने योजना बनाएका थिए । तर, सत्तापक्ष र प्रतिपक्षवीच सहमति भएका विपक्षीको आन्दोलन रोहिने संकेत देखिएको छ

No comments: