Sunday, February 24, 2013

खिलराज रेग्मी प्रधानमन्त्री बनिदिने

दलहरुले लाख बिन्ति बिसाए पछि प्र.न्या. प्रधानमन्त्री बनिदिने भएकस छन्  प्रमुख दलका शीर्ष नेताहरुसँगको छलफलमा उहाँले आफू चुनावी सरकारको नेतृत्व लिन तयार रहेको जानकारी दिनुभएको हो । छलफलपछि पत्रकारहसंग कुराकानी गर्दै मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छादारले प्रधानन्यायधीश रेग्कोमीसंगको  छलफलमा दलहरुले राखेको प्रस्तावप्रति उहाँ सकारात्मक भएको जानकारी दिनुभयो ।  मोर्चा संयोजक गच्छदारले भन्नुभयो -’छलफल सकारात्मक रुपमा अघि बढेको छ, प्रधानन्यायाधीशले चुनावी सरकारको नेतृत्व गर्नुहुने भएको छ, अव मुलुक चुनावी माहोलमा अघि बढ्ने छ ।’ गच्छदारले निर्वाचनका लागि गठन हुने सरकारको नेतृत्व लिन प्रधानन्यायाधीश सहमत भएकाले अब दलहरुवीच रहेका विवादित विषयमा छलफल गरी निष्कर्षमा पुगिने जानकारी दिनुभयो ।  प्रधानन्यायाधीश रेग्मीसँग भएको भेटपछि प्रमुख दलका नेताहरुले अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको वताएका छन् । दिउँसो ३ बजे बस्ने प्रमुख चार दलको बैठकले यसवारेमा ठोस निर्णय लिने वताइएको छ ।छलफलमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरवहादुर, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मोर्चाका संयोजक बिजयकुमार गच्छदारलगायतका नेताहरु सहभागी थिए

No comments: