Sunday, February 10, 2013

तीतो करेलाका उपचार यस्ता...

करेला प्राय हामी सबैले सुनेको, देखेको तथा खाएको खाद्य वस्तु हो । करेलालाई प्राय
अचारको रूपमा प्रयोग गरिन्छ । तितो हुने भएकाले सबैको राजोईमा नपर्ने यो करेलाको
औषधीय गुण भने निकै राम्रा छन् । करेलाको उचित प्रयोगले विभिन्न रोगमा निकै फाइदा
पुर्याउँछ । करेलालाई प्रयोग गर्ने विधी थाहा हुन सके यसबाट धेरै पाइदा लिन सकिन्छ ।
करेलालाई यसरी प्रयोग गर्न सकिन्छ औषधीका रूपमा...
१. कमलपित्तमा: द्रोणपुष्पी र करेलाको रस मिसाई दिनको एक तोला खाने गरे कमलपित्त
ठीक हुन्छ ।
२. जुकामा: ३ ग्राम वायुविडङ्गको धुलो र दश ग्राम करेलाको रस मिलाई खाएको ३
घण्टापछी साधारण जुलाव दियो भने जुका नष्ट हुन्छ ।
३. भिरूङ्गी(सुजाकमा): दश करेलाको पातको रस मिश्री वा चीनी मिलाएर केहि दिन
लगातार सेवन गरे सुजाक निको हुन्छ ।
४. घाँटी सुनिएमा: कागतीको रसमा हरियो वा सुकेको करेला पिसेर घाँटीमा लेप गरेर पातलो
लुगाले पट्टी बाँधिदिए तीन-चारदिनमा आराम हुन्छ।
५. आँखाको रोगमा: करेलाको जरो पानीमा घोटेर अलिकति मह र फिटकिरी मिसाई सुर्मा
लगाए झै आँखामा लगाए आँखाका सबै रोग नष्ट हुन्छन् । यस्तै, राती आँखा नदेख्ने रोगमा
करेलाको पातको रस र मरिच बेस्सरी पिसेर आँजन(सुर्मा) जस्तै आँखामा लगाए ठीक हुन्छ ।
६. हैजामा: करेलाको दश ग्राम रसमा दश ग्राम तिलको तेल मिसाएर पिउनाले हैजामा आराम
हुन्छ ।
७. अम्ल-पित्तमा: काँचो करेला र करेलाको तरकारी खाने गरे अम्लपित्त (अमिलो पानी आउने)
ठिक हुन्छ ।
८. पत्थरीमा: तीन दिनसम्म तीन तोला करेलाको पातको रस, दुई तोला दहीसित मिसाएर
पाँच-सात तोला मही बनाएर पिउन दिनू, लगातार तीन दिन औषधी दिएर तीन थाम्ने अनि
चार दिन दिएर चर दिन थाम्ने । यसै क्रमले सात पुर्याए जति पुराो पत्थरी भएपनि आराम
हुन्छ । भारी खाने कुरा खान दिनु हुँदैन । जाउलो मात्र दिनु राम्रो हुन्छ ।
९. घाउ-फोडामा: करेलाको पातको रस पकाएर फोडा वा घाउमा लेप लगाए घाउ पाक्छ वा
थाक्छ । दाह कम हुन्छ ।
१०. सर्पको विषमा: रोगीलाई करेलाको रस जति पिउन सक्छ दिनु । वमन हुन्छ, फेरी पिउन
दिनु । यसै गरी वमन नथामिएसम्म पिलाउनु, सर्पको विष नष्ट हुन्छ । टोकेको घाउमा पनि
करेलाको रस नै अलि बाक्लो पारेर लगाइदिनू ।

No comments: