दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी
सामसुङले विश्वको ट्याब्लेट पर्सनल कम्प्युटरको बजारमा आफ्नो पकड दह्रो
बनाउँदै लगेको छ । ट्याब्लेट बजारमा एप्पलको दबदबा खस्किने क्रममा रहेको र
सामसुङ दरिलो बन्दै गएको तथ्यांकले देखाएको छ ।
यस्तै उक्त अवधिमा एप्पलको हिस्सा ८
प्रतिशतले घटेको देखिएको छ । सन् २०११ को अन्तिम त्रैमासिकमा विश्व
ट्याब्लेट बजारमा एप्पलको हिस्सा ५१.७ प्रतिशत रहेकोमा २०१२ को सोही अवधिमा
४३.६ प्रतिशतमा झरेको छ । यद्यपि एप्पलको आइप्याडप्रति ग्राहकको चाहना भने
अझै पनि उच्च रहेको ठहर आइडिसीको छ ।
विश्व ट्याब्लेट बजारमा विभिन्न कम्पनीबीच
प्रतिस्पर्धा बढ्दै जाँदा ग्राहकको महत्वाकांक्षा पनि बढ्दै गएको र
ग्राहकको बढ्दो रुची र आवश्यकता ट्याब्लेट निर्माताको लागि चुनौति बनिरहेको
विज्ञहरुले बताएका छन् ।
आउँदा दिनमा विश्व बजारमा ग्याजेटको
प्रतिस्पर्धा अझै बढ्ने र उपभोक्ताहरुको हातमा अझै परिस्कृत ग्याजेट पर्ने
निष्कर्ष विज्ञहरुको छ ।
No comments:
Post a Comment