Sunday, February 10, 2013

कुन फन खानेको स्वभाव कस्तो ?

मानिसको स्वभाव कस्तो छ भनेर थाहा पाउन निकै कठिन हुन्छ । मानिसको स्वभाव
थाहा पाउन ऊसँग लामो संगत चाहिन्छ तर आश्चर्यको कुरा के छ भने यदी कुनै व्यक्तिले मन
पराउने खानेकुराको बारेमा जानकारी हासिल गर्न सके उनीहरूको बानी व्यहोरा अर्थात्
स्वभावबारे केही हदसम्म जान्न सकिन्छ ।
हामीले प्राय खाने फलफूलहरूले पनि मानिसको स्वभावबारे थाहा पाउन सकिने बताइन्छ ।
फलफुलले शरिरलाई फुर्ति तथा शक्ति मात्र दिने नभई फल अनुसार मानिसका स्वभाव हुने गर्छन्
। अर्थात् कुनै मानिसलाइ मन पर्ने फल कुन हो भन्ने थाहा पाउन सके उसको स्वभावबारे
जानकारी हासिल गर्न सकिन्छ । थाहा पाऔ कुन फल खाने अर्थात मन पराउने मानिसको
स्वभाव कस्तो हुन्छ ।
१. सुन्तला: सुन्तला मन पराउने मानिसहरू हसिलो बानी भएका तथा इमान्दार हुन्छन् । यस्तै
उनीहरु निकै मिलनसार पनि हुन्छन् । सुन्तला मन पराउने व्यक्तिहरू चाडै साथी बनाउन सक्ने र
अर्काको विचारमा चाँडै प्रभावित हुने गर्छन् । सुन्तला मन पराउनेहरुले जीवनमा धेरै पटक
ठक्कर समेत खाने गर्छन् ।
२. केरा: जसरी केरा निकै नरम र कोमल हुन्छ त्यसरी नै केरा मन पराउने मानिसहरू पनि नरम
र कोमल स्वभावका हुन्छन् । केरा मन पराउने मानिसहरू बाहिरबाट जति कठोर देखिएपनि
भीत्रि मन कमलो हुन्छ । शान्त भएर काम गर्ने यीनीहरुको बानी हुन्छ । जीवनमा आउने ठूला
संकटलाई पनि धैर्यपूर्वक सुल्झाउने गर्छन् । यी मानिसहरुले आफू पनि सुखी रहन्छन् र अरूलाई
पनि सुखी राख्ने गर्छन् ।
३. स्याऊ: स्याउ खान मन पराउने मानिसहरू बढी स्वस्थ हुन्छन् र समाजमा आफ्नो निकै राम्रो
प्रभाव बनाउन सफल हुन्छन् । यीनीहरु निर्णय लिने काम एकदमै चाडो गर्ने गर्छन् । आफ्नो
वरिपरी हुने घटनाहरुलाई निकै नजिकबाट नियाल्ने गर्दछन् भने काम गर्ने क्षमता पनि निकै
राम्रो हुन्छ । यिनीहरू आफ्नो साथी, प्रेमी या प्रेमीकालाई खुसी राख्ने प्रयास गर्छन् ।
४. अगुर: अंगुर खान मन पराउने मानिसहरू प्राय अल्छी हुने गर्छन् । जसरी अंगुर खान कुनै दु:ख
हुँदैन त्यस्तै सुख उनीहरु पनि चाहन्छन् । यदी काममा बढी दवाव आयो पनि रिसाउने खालका
हुन्छन् । सुन्दरताका अगाडि निकै नै चाडो झुक्ने गर्छन् अंगुर मन पराउने मानिसहरू भने अरूलाई
पनि आफूप्रति आकर्षित गर्ने खालका हुन्छन् । यिनीहरु काम गर्न गाह्रो मान्छन् तर सुरू गरेको
कामलाई पूरा गरेरै छाड्ने प्रवृती हुन्छ ।
५. नरिवल: जसलाई नरिवल मन पर्छ, उनीहरू कल्पनाशिल, शतर्क र चलाख हुन्छन् । जिद्दी
बढी गर्ने, प्रेममा भावुक हुने खालका मानिसहरू हुन्छन् । आफ्नो मेहेनत र बुद्धीका कारण धेरै
सफलता हासिल गर्छन् ।

No comments: