Wednesday, April 17, 2013

'स्याल' काँधमा कांग्रेसको धाप


काभ्रे , वैशाख ४ - जेलबाट निस्किएलगत्तै गुण्डागर्दी मा संलग्न भएपछि पक्राउ परेका संजिव लामा -स्याल) लाई छुटाउन आन्दोलन थालिएको छ । काँग्रेसको भातृसंस्था नेपाल तरुण दल जिल्ला समितिको अगुवाईमा बुधवार दुई घण्टा सदरमुकाम धुलिखेल बन्द गराएर आन्दोलन थालिएको हो । लामालाई प्रहरीले बिनाकारण पक्राउ गरेकाले शर्त बिना छोड्नुपर्ने माग तरुण दलले राखेको छ । संगठनले सदरमुकाम धुलिखेल ३ देखि ५ बजे सम्म बन्द गराएको थियो ।
'संजिवको रिहाई माग गदै आन्दोलनमा उत्रिएका हौ', तरुण दलका जिल्ला उपाध्यक्ष केशब तिमल्सिनाले भने, 'बिना कारणले प्रहरीले उसलाई पक्राउ गरी हिरासतमा राखेको छ ।' प्रहरीले लामालाई बिना सर्त रिहाई नगरे सम्म आन्दोलन जारी राख्ने उनले बताए ।
लामालाई सार्वजनिक अपराधको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौले चैत्र २४ गते न्यूरोड गेटबाट पक्राउ गरेको थियो । उनलाई गौशाला क्षेत्रमा रहेको एक म्यानपावर तोडफोड गरेका अभियोग प्रहरीले लगाएको छ । 'म्यानपावर तोडफोड गरेको अभियोगमा पक्राउ गरेका हौ', परिसरका प्रवक्ता चक्रबहादुर सिंहले भने, 'लामामाथि सार्वजनिक अपराधअन्र्तगत कारवाही चलिरहेको छ ।'
लामालाई २०६६ साल माघ ६ गते गोठाटारमा हत्याकाण्डमा अदालतले एक बर्ष बढी सजाय सुनाएको थियो । जिल्लाको छक्रेबाँझ ५ घर भएका लामा जेलबाट बाहिर निस्के लगत्तै आफ्ना सहयोगीसहित कांग्रेसमा प्रवेश गरेका थिए । २०६९ साउन ७ गते काभ्रे कांग्रेसले बनेपामा आयोजना गरेको '३० औ बिपी स्मृति दिवस एंव पार्टी प्रवेश' कार्यक्रममा काँग्रेस सभापति शुशिल कोइरालाको हातबाट टिका र सदस्यता लिएर पार्टी प्रवेश गरेका थिए ।

No comments: