Wednesday, March 6, 2013

बाबुराम भट्टराई र प्रचण्डलाई जेल पुर्‍याउने-थापा


२३ फागुन, काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारीका नेता मणि थापाले आफूहरुको आन्दोलन दबाए दोस्रो जनयुद्ध गर्ने चेतावनी दिनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा पूर्व माओवादी नेता समेत रहेका थापाले प्रधानन्यायाधीश नेतृत्जको सरकार बहिस्कार गर्ने र त्यो सरकारले गर्ने निर्वाचनमा समेत सहभागि नहुने बताउनु भयो । मुलुकलाई सामाजिक फासिवादमा लैजान बाबुराम र प्रचण्डले योजनाबद्ध रुपमा प्रधानन्यायाधीशसको नेतृत्वको प्रस्ताव ल्याएको उहाँको दावी थियो ।
जनआन्दोलन तेस्रो गर्ने र त्यसलाई दवाउन खोजिए हतियार उठाएर दोस्रो जनयुद्ध गर्ने चेतावनी दिदै आन्दोलन बाहेक अब अर्को निकास नभएको उहाँको चेतावनी थियो । जनयुद्ध सुरु भए विराटनगरमा रहेको भारतीय सेनाको अखडालाई ध्वस्त बनाएर सुरुवात गर्ने थापाको भनाई छ ।
विदेशीका एजेण्ट बनेका बाबुराम भट्टराई र प्रचण्डलाई जेल पुर्‍याउने आन्दोलनको आवश्यकता रहेको उहाँको भनाई थियो ।

No comments: