Saturday, November 23, 2013

समानुपातिकको पछिल्लो अवस्था

क्र.स. राजनैतिक दल प्राप्त मत
नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) ३३६०५८
नेपाली काँग्रेस ३२०५२६
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २००७५०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १०७७३९
राष्ट्रिय प्रजातन्त्र पार्टी ३५७३२
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) २३५७९
सङ्घीय समाजवादी पार्टी, नेपाल १८५८४
राष्ट्रिय जनमोर्चा १७१४६
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) १६९२२
१० नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ११९१३
११ तराई–मधेश लोकतान्त्रिक पार्टी १०१३१
१२ मधेशी जनअधिकार फोरम, नेपाल ९७६९
१३ नेपाः राष्ट्रिय पार्टी ६८३२
१४ नेपाल मजदुर किसान पार्टी ५२६९
१५ राष्ट्रिय जनमुक्ति पार्टी ५१९५
१६ नेपाल परिवार दल ५०२८
१७ अखण्ड नेपाल पार्टी ४८०८
१८ जनजागरण पार्टी नेपाल ४७४१
१९ थरुहट तराई पार्टी नेपाल ४४५४
२० खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल ४२२०
२१ सद्भावना पार्टी ३९९५
२२ नेपाली जनता दल ३८९६
२३ संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल ३५८८
२४ खस समावेशी राष्ट्रिय पार्टी ३१७३
२५ समाजवादी जनता पार्टी २७११
२६ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) १६३१
२७ नेपाल कम्युनिष्ट पार्टी १५८७
२८ राष्ट्रिय स्वाभिमान पार्टी नेपाल १३४३
२९ मंगोल नेशनल अर्गनाइजेशन १३३३
३० शिवसेना नेपाल १३०२
३१ राष्ट्रिय मधेश समाजवादी पार्टी १२०७
३२ तराई मधेश पहाड हिमाल एकता पार्टी १२०६
३३ मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) १११८
३४ जनता दल नेपाल ९८४
३५ शान्ति पार्टी नेपाल ९६७
३६ नेपाल जनता पार्टी ८९७
३७ नव नेपाल निर्माण पार्टी ८७६
३८ जन प्रजातान्त्रिक पार्टी ८६०
३९ नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी ८३६
४० दलित जनजाति पार्टी ८१९
४१ नेपाल गणतान्त्रिक एकता पार्टी ७७७
४२ तराई मधेश सदभावना पार्टी नेपाल ७००
४३ नेपालआमा पार्टी ६७४
४४ नेपाल गौरवशाली पार्टी ६७१
४५ संघीय लिम्बुवान राज्य परिषद ६४७
४६ राष्ट्रिय नागरिक पार्टी ६२८
४७ नेपाल सद्भावना पार्टी ६२८
४८ सहकारी पार्टी नेपाल ६२३
४९ राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल ६२०
५० जनमोर्चा नेपाल ६११
५१ नेपाल शान्ति क्षेत्र परिषद् ६०७
५२ लिबरल डेमोक्रेटिक पार्टी ५९६
५३ संयुक्त राष्ट्रवादी मोर्चा नेपाल ५९०
५४ मधेश तराई फोरम ५८०
५५ नयाँ नेपाल राष्ट्रिय पार्टी ५७४
५६ चुरेभावर लोकतान्त्रिक पार्टी ५६१
५७ चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल ५५७
५८ नेपाल राष्ट्रिय विकास पार्टी ५५२
५९ राष्ट्रिय यथार्थवादी पार्टी नेपाल ५२९
६० नेपाल सद्भावना पार्टी (युनाइटेड) ५१५
६१ देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा ५०५
६२ नेपाल लोकतान्त्रिक समाजवादी दल ४९८
६३ संघीय सद्भावना पार्टी ४८०
६४ नेपाल समावेशी पार्टी ४६३
६५ नेपाल नागरिक पार्टी ४५४
६६ नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी) ४४९
६७ चुरेभावर राष्ट्रिय पार्टी ४४६
६८ पिछडावर्ग निषाद दलित जनजाति पार्टी ४३९
६९ राष्ट्रिय शिवसेना पार्टी ४२४
७० विश्व सत्यवादी पार्टी ४२३
७१ राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी ४१३
७२ हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल ४०५
७३ राष्ट्रिय जनता दल नेपाल ३९७
७४ देशभक्त समाज ३९१
७५ लिम्बुवान मुक्ति मोर्चा नेपाल ३८८
७६ युनाइटेड ग्रीन अर्गनाइजेशन ३८७
७७ नेपाल जनभावना पार्टी ३८०
७८ राष्ट्रिय एकता पार्टी ३७१
७९ जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल ३६०
८० राष्ट्रवादी एकता पार्टी ३५१
८१ गरीब एकता समाज पार्टी, नेपाल ३४६
८२ राष्ट्रवादी जनता पार्टी ३३८
८३ संघीय समावेशी समाजवादी पार्टी, नेपाल ३२९
८४ राष्ट्रिय चुरेभावर पार्टी ३१७
८५ लिम्बुवान मुक्ति मोर्चा ३१६
८६ जनता दल लोकतान्त्रिक पार्टी ३१०
८७ संयुक्त जनमोर्चा ३०६
८८ जनता पार्टी नेपाल ३०६
८९ नेपाल श्रमजिवी दल ३०४
९० संघीय विकासवादी पार्टी नेपाल २९२
९१ अखण्ड सुदूरपश्चिम पार्टी नेपाल २९०
९२ नेपाल जनसमावेशी एकता पार्टी २८३
९३ तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी २८०
९४ हरियाली नेपाल पार्टी २७७
९५ नेपाल न्यायिक दल २७४
९६ नेपाल राष्ट्रिय यातायात विकास दल २७०
९७ मातृभूमि नेपाल दल २६६
९८ जनता दल युनाइटेड २५५
९९ लिग नेपाल शान्ति एकता पार्टी २५३
१०० नयाँ संघीयता जनधारणा पार्टी २५०
१०१ नेपाल राष्ट्रसेवा दल २२८
१०२ श्रमिक जनता पार्टी–नेपाल २२७
१०३ बहुजन समाज पार्टी नेपाल २२४
१०४ नेपाल लेबर पार्टी २१७
१०५ लोकतान्त्रिक पार्टी–नेपाल २१७
१०६ मधेशी जनअधिकार फोरम मधेश २१६
१०७ नेपाल युवा किसान पार्टी २१५
१०८ नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) २०६
१०९ मधेश समता पार्टी नेपाल १९६
११० ॐ सेना नेपाल १८६
१११ सोसल रिपब्लिकन पार्टी १७९
११२ लोकतान्त्रिक जनता पार्टी नेपाल १७६
११३ तराई पहाड हिमाल समाज पार्टी १७२
११४ नेपाल मधेशी जनता दल (समाजवादी) १७१
११५ लोक दल १६४
११६ राष्ट्रिय मधेश एकता पार्टी, नेपाल १३५
११७ राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी १३३
११८ जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स ११२
११९ युवा शक्ति नेपाल पार्टी ९९
१२० नेपाल समाजवादी पार्टी (लोहियावादी) ९८
१२१ नेपाली जनता पार्टी ८८
१२२ राष्ट्रिय जन विकास पार्टी ७१
जम्मा
१२१३९८१

हालसम्मको समानुपातिक तर्फको मत परिणाम:

हालसम्मको समानुपातिक तर्फको मत परिणाम:
क्र.स. राजनैतिक दल प्राप्त मत
नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) ३०८८३३
नेपाली काँग्रेस २९६१५१
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) १८५३५६
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १०२१२०
राष्ट्रिय प्रजातन्त्र पार्टी ३४९०१
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) २२३३८
सङ्घीय समाजवादी पार्टी, नेपाल १७०१०
राष्ट्रिय जनमोर्चा १६०३२
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) १५५६६
१० नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) १०९६७
११ तराई–मधेश लोकतान्त्रिक पार्टी ९७३९
१२ मधेशी जनअधिकार फोरम, नेपाल ९१३८
१३ नेपाः राष्ट्रिय पार्टी ६८०७
१४ नेपाल मजदुर किसान पार्टी ५०२८
१५ राष्ट्रिय जनमुक्ति पार्टी ४८९५
१६ नेपाल परिवार दल ४६६९
१७ जनजागरण पार्टी नेपाल ४६१०
१८ थरुहट तराई पार्टी नेपाल ४४४७
१९ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल ४०३७
२० नेपाली जनता दल ३६२३
२१ संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल ३५५२
२२ अखण्ड नेपाल पार्टी ३५२५
२३ सद्भावना पार्टी ३१२९
२४ खस समावेशी राष्ट्रिय पार्टी ३०९३
२५ समाजवादी जनता पार्टी २५०१
२६ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) १५८२
२७ नेपाल कम्युनिष्ट पार्टी १५०३
२८ मंगोल नेशनल अर्गनाइजेशन १३०२
२९ शिवसेना नेपाल १२९१
३० राष्ट्रिय मधेश समाजवादी पार्टी ११८४
३१ तराई मधेश पहाड हिमाल एकता पार्टी ११६२
३२ मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) १०९६
३३ राष्ट्रिय स्वाभिमान पार्टी नेपाल १०६३
३४ जनता दल नेपाल ९३७
३५ शान्ति पार्टी नेपाल ९३०
३६ नेपाल जनता पार्टी ८५४
३७ नव नेपाल निर्माण पार्टी ८३९
३८ दलित जनजाति पार्टी ८०४
३९ जन प्रजातान्त्रिक पार्टी ८००
४० नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी ७९४
४१ नेपाल गणतान्त्रिक एकता पार्टी ७२७
४२ तराई मधेश सदभावना पार्टी नेपाल ६६३
४३ नेपाल गौरवशाली पार्टी ६५६
४४ नेपालआमा पार्टी ६३७
४५ संघीय लिम्बुवान राज्य परिषद ६०४
४६ जनमोर्चा नेपाल ६०१
४७ नेपाल सद्भावना पार्टी ५९८
४८ सहकारी पार्टी नेपाल ५९७
४९ लिबरल डेमोक्रेटिक पार्टी ५८५
५० राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल ५७५
५१ संयुक्त राष्ट्रवादी मोर्चा नेपाल ५६२
५२ नेपाल शान्ति क्षेत्र परिषद् ५५९
५३ नयाँ नेपाल राष्ट्रिय पार्टी ५५७
५४ मधेश तराई फोरम ५५६
५५ चुरेभावर लोकतान्त्रिक पार्टी ५२२
५६ राष्ट्रिय यथार्थवादी पार्टी नेपाल ५१४
५७ चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल ५१२
५८ देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा ४९७
५९ नेपाल सद्भावना पार्टी (युनाइटेड) ४७८
६० संघीय सद्भावना पार्टी ४६९
६१ नेपाल लोकतान्त्रिक समाजवादी दल ४५८
६२ नेपाल राष्ट्रिय विकास पार्टी ४४९
६३ नेपाल समावेशी पार्टी ४४१
६४ राष्ट्रिय नागरिक पार्टी ४३८
६५ पिछडावर्ग निषाद दलित जनजाति पार्टी ४३३
६६ चुरेभावर राष्ट्रिय पार्टी ४३२
६७ नेपाल नागरिक पार्टी ४३१
६८ नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी) ४१५
६९ राष्ट्रिय शिवसेना पार्टी ४०९
७० विश्व सत्यवादी पार्टी ४०६
७१ हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल ३८३
७२ देशभक्त समाज ३८२
७३ राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी ३७१
७४ युनाइटेड ग्रीन अर्गनाइजेशन ३५६
७५ राष्ट्रिय एकता पार्टी ३५४
७६ जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल ३५०
७७ लिम्बुवान मुक्ति मोर्चा नेपाल ३४९
७८ राष्ट्रिय जनता दल नेपाल ३४५
७९ गरीब एकता समाज पार्टी, नेपाल ३३९
८० राष्ट्रवादी एकता पार्टी ३३८
८१ राष्ट्रवादी जनता पार्टी ३३४
८२ संघीय समावेशी समाजवादी पार्टी, नेपाल ३१९
८३ जनता पार्टी नेपाल २९५
८४ जनता दल लोकतान्त्रिक पार्टी २९४
८५ राष्ट्रिय चुरेभावर पार्टी २९३
८६ नेपाल श्रमजिवी दल २९३
८७ संघीय विकासवादी पार्टी नेपाल २८६
८८ लिम्बुवान मुक्ति मोर्चा २८५
८९ अखण्ड सुदूरपश्चिम पार्टी नेपाल २८२
९० संयुक्त जनमोर्चा २७७
९१ तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी २७२
९२ नेपाल जनभावना पार्टी २७१
९३ हरियाली नेपाल पार्टी २७०
९४ नेपाल न्यायिक दल २६६
९५ नेपाल जनसमावेशी एकता पार्टी २५९
९६ मातृभूमि नेपाल दल २५९
९७ लिग नेपाल शान्ति एकता पार्टी २४९
९८ नयाँ संघीयता जनधारणा पार्टी २४४
९९ जनता दल युनाइटेड २४०
१०० मधेशी जनअधिकार फोरम मधेश २१४
१०१ बहुजन समाज पार्टी नेपाल २१२
१०२ नेपाल लेबर पार्टी २१०
१०३ नेपाल राष्ट्रिय यातायात विकास दल २१०
१०४ श्रमिक जनता पार्टी–नेपाल २०८
१०५ लोकतान्त्रिक पार्टी–नेपाल २०२
१०६ नेपाल राष्ट्रसेवा दल २०२
१०७ नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) २०२
१०८ नेपाल युवा किसान पार्टी १९६
१०९ मधेश समता पार्टी नेपाल १८६
११० ॐ सेना नेपाल १८४
१११ सोसल रिपब्लिकन पार्टी १७२
११२ नेपाल मधेशी जनता दल (समाजवादी) १६५
११३ लोकतान्त्रिक जनता पार्टी नेपाल १५९
११४ लोक दल १५२
११५ तराई पहाड हिमाल समाज पार्टी १३७
११६ राष्ट्रिय मधेश एकता पार्टी, नेपाल १२८
११७ राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी ११९
११८ जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स १०३
११९ युवा शक्ति नेपाल पार्टी ९३
१२० नेपाल समाजवादी पार्टी (लोहियावादी) ९३
१२१ नेपाली जनता पार्टी ८२
१२२ राष्ट्रिय जन विकास पार्टी ६१
जम्मा
११२६५३४

Tuesday, June 4, 2013

घुस खुवाउने नेपाली वकिल अमेरिकामा पक्राउ

२१ जेठ, काठमाडौं । अमेरिकामा सरकारी अधिकारीहरुलाई घुस खुवाउन खोजेको आरोपमा एक नेपाली वकिलसहित दुई जना नेपाली पक्राउ परेका छन् । अमेरिकाको मेरिल्याण्डस्थित संघीय ग्राण्ड जुरीले एक आप्रवासन अधिवक्ता र उनका चार जना ग्राहकमाथि सरकारी अधिकारीलाई घुस खुवाउन खोजेको आरोपमा मुद्दा दायर गरेको युएस इमिग्रेसन एण्ड कस्टुम इन्फोर्समेन्ट डिभिजनले जनाएको छ ।
पक्राउ पर्नेमा मेरील्याण्डका अधिवक्ता नेपाली मूलका ५९ वर्षीय किरन देवान समेत रहेका छन् उनले देवान एण्ड एसोसिएट्स नामको ल फर्म संचालन गर्दै आएका थिए । त्यस्तै अर्का नेपाली ५१ वर्षका नारायण थापा समेत रहेका छन् । पक्राउ पर्नेमा अमजाद इसरार, मोहम्मद खान र खाजरादार रहेका छन् । उनीहरु पाकिस्तानका नागरिक हुन् ।
वैधानिक स्थायी बसोबासको स्विकृति, रोजगारीको अधिकार सम्बन्धि कागजातका साथै ग्रिन कार्ड प्राप्त गर्नका लागि उनीहरुले आप्रवासन कार्यालयका कर्मचारीलाई घुस खुवाउन खोजेको आरोप लागेको हो । अमेरिकी आप्रवासन तथा कस्टम इन्फोर्समेन्ट कार्यालय -आइ सि इ) , होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन (एच एस आइ) बाल्टिमोर, अमेरिकी नागरिकता तथा आप्रवासन सेवा -युएससिआइएस) बाल्टिमोटर जिल्ला कार्यालय र बाल्टिमोर काउन्टी पुलिस डिपार्टमेन्टले यो प्रकरणको छानविन गरेका थिए ।
त्यस क्रममा एच एस आइका एक अधिकारी आप्रवासन अधिकारीको रुपमा सुराकी बनेर घुस खुवाउन खोज्ने वकिल तथा उनका ग्राहकको पर्दाफास गर्न सफल भएका हुन् । आप्रवासन अधिवक्ता भनेको जनताले निकै विश्वास गर्ने पद रहेको भन्दै यस्तो जिम्मेवार पदमा रहेको मान्छेले प्रणाली मिचेर आफ्नो फाइदाका लागि गैरकानूनी काम गर्नु निकै लज्जास्पद रहेको बाल्टिमोर स्थित एचएसआइका प्रमुख विलियम विन्टरले बताए ।

Wednesday, May 1, 2013

करोडका गाडी र सयकोठे महल भएका मजदुर


laxman bahadur basnet१८ बैशाख, काठमाडौ । नेपालका श्रमजीवी मजदुरको अवस्था झनझन् कष्टकर बन्दै गएपनि मजदुर नेताहरुको भने बिलासी बन्दै गएको छ । उद्योग धन्दामा कामगर्ने मजदुरलाइ दैनिक गुजारा चलाउन मुस्किल परेपनि मजदुर नेताहरुको जीवन भने नाटकीय ढंगले फेरिएको छ ।
नेपाली कांग्रेको मजदुर संगठन ट्रेड यूनियन कांग्रेसका आजिवन अध्यक्ष लक्ष्मण बहादुर बस्नेतको काठमाडौंको चावहिलमा १ सय १२ कोठाको भव्य महल छ । बस्नेतले आफूलाई मजदुर भन्न रुचाउदैनन, मजदूर राजनीति गर्ने नेताको रुपमा आफूलाई चिनाउँछन् ।
नेपाल स्थित राष्ट्रसंघीय कार्यालय आइएलओकी पूर्व प्रमुख लैला टेक्मोरेडीसँग बहकिएर हिड्ने बस्नेतले मजदुरको पक्षमा कहिल्यै काम गरेनन् । उनको जीवन शैलीको के कुरा गर्नु, उनलाई 'लैला'ले विदेशबाट जीवनभर मुखधुन पुग्ने गरी ह्वीस्की पठाइदिइरहेकी छिन् ।
नेकपा एमालेका मजदुर नेता विष्णु रिमालको कुरा गरौ न, आफूलाई मजदुर नेता भन्न रूचाउने रिमालको जीवन शैली अर्बपति उद्योगी बिनोदbishnu rimal चौधरीको भन्दा कम छैन । जापनीज टोयटा गाडिमा हिड्ने रिमाल, एप्पलका आइप्याड र आइफोन बोक्छन् । पुतली सडकको कार्यालयबाट चिया खान मात्र उनी अन्नपूर्ण होटेल धाउँछन् ।
एकीकृत नेकपा (माओवादी) निकट मजदुर संगठनका अध्यक्ष शालिकराम जमकट्टेल पनि नवधनाढ्य मजदुर नेता बन्दैछन् । जीवन शैली सामान्य देखिएपनि व्यापारमा ठूलो लगानी गरेको उनका आलोचकहरू बताउँछन् । क्यासिनो संचालकसँग सम्बन्ध रहेका शालिकरामले भारतमा समेत लगानी गरेको पत्रपत्रिकामा समाचार प्रकाशित भइरहन्छ ।
ड्यास माओवादी निकट मजदुर संगठनका अध्यक्ष रामदीप आचार्य भने कमजोर मजदुर नेता मानिन्छन् । संगठन बिस्तारकै क्रममा रहेका कारण आचार्यको संगठनलाई उद्योगका मालिकले खासै पत्याएका छैनन् । पैसा नभएर होला उनी कहिले मोटरसाइकिल र कहिले पैदल हिडेका देखिन्छन् । मधेशवादी दल निकट मजदुर संगठनका नेताहरूले पनि तराइतिर राम्रै बन्दोबस्त गरेका छन् ।

Wednesday, April 17, 2013

'स्याल' काँधमा कांग्रेसको धाप


काभ्रे , वैशाख ४ - जेलबाट निस्किएलगत्तै गुण्डागर्दी मा संलग्न भएपछि पक्राउ परेका संजिव लामा -स्याल) लाई छुटाउन आन्दोलन थालिएको छ । काँग्रेसको भातृसंस्था नेपाल तरुण दल जिल्ला समितिको अगुवाईमा बुधवार दुई घण्टा सदरमुकाम धुलिखेल बन्द गराएर आन्दोलन थालिएको हो । लामालाई प्रहरीले बिनाकारण पक्राउ गरेकाले शर्त बिना छोड्नुपर्ने माग तरुण दलले राखेको छ । संगठनले सदरमुकाम धुलिखेल ३ देखि ५ बजे सम्म बन्द गराएको थियो ।
'संजिवको रिहाई माग गदै आन्दोलनमा उत्रिएका हौ', तरुण दलका जिल्ला उपाध्यक्ष केशब तिमल्सिनाले भने, 'बिना कारणले प्रहरीले उसलाई पक्राउ गरी हिरासतमा राखेको छ ।' प्रहरीले लामालाई बिना सर्त रिहाई नगरे सम्म आन्दोलन जारी राख्ने उनले बताए ।
लामालाई सार्वजनिक अपराधको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौले चैत्र २४ गते न्यूरोड गेटबाट पक्राउ गरेको थियो । उनलाई गौशाला क्षेत्रमा रहेको एक म्यानपावर तोडफोड गरेका अभियोग प्रहरीले लगाएको छ । 'म्यानपावर तोडफोड गरेको अभियोगमा पक्राउ गरेका हौ', परिसरका प्रवक्ता चक्रबहादुर सिंहले भने, 'लामामाथि सार्वजनिक अपराधअन्र्तगत कारवाही चलिरहेको छ ।'
लामालाई २०६६ साल माघ ६ गते गोठाटारमा हत्याकाण्डमा अदालतले एक बर्ष बढी सजाय सुनाएको थियो । जिल्लाको छक्रेबाँझ ५ घर भएका लामा जेलबाट बाहिर निस्के लगत्तै आफ्ना सहयोगीसहित कांग्रेसमा प्रवेश गरेका थिए । २०६९ साउन ७ गते काभ्रे कांग्रेसले बनेपामा आयोजना गरेको '३० औ बिपी स्मृति दिवस एंव पार्टी प्रवेश' कार्यक्रममा काँग्रेस सभापति शुशिल कोइरालाको हातबाट टिका र सदस्यता लिएर पार्टी प्रवेश गरेका थिए ।

Tuesday, April 9, 2013

गजुरेल काजी पत्रकारद्धारा बहिष्कृत


नेपालगन्ज, चैत्र २७ - कुनै कार्यक्रममा २ सय जना बोलाएकामा २ जना आए भने कस्तो होला ? खल्लो भन्ने कि बहिष्कार ? यस्तो घटना बिरलै प्रायः हुन्छन् । तर नेकपा-माओवादीले नेपालगन्ज विमानस्थलमा सोमबार गरेको पत्रकार सम्मेलनपछि सचिव सीपी गजुरेलले यस्तै तितो अनुभव लिएर काठमाडौं उड्नुपर्‍यो ।  उक्त पार्टी निकट पत्रकार संगठनले गजुरेलको पत्रकार सम्मेलनका लागि डेढ सय बढी सञ्चारकर्मीलाई निम्तो गरेको थियो । ४ बजे दिउँसो हुने भनिएको सम्मेलनका लागि कुनै पत्रकार नभएपछि केहीबेर विशिष्ट कक्षमा प्रतीक्षा गर्नुपर्‍यो । के गर्ने के नगर्ने ? सबै अलमल्ल थिए । 'के भएको हो ? आउँदै हुनुहुन्छ कि सोधौ न' सुनसान देखिए पनि गजुरेल आयोजकलाई भन्दै थिए, 'यो त भएन ।' तर २ जनाभन्दा बढी पत्रका देखिएनन् । तर एउटा टेलिभिजनका संवाददातासँग क्यामेरामेन पनि आएकाले सम्मेलनमा सञ्चारकर्मीको सख्या ३ पुग्यो । रित्तो देख्दा देख्दै पनि एक जना सुरक्षाकर्मी आएर विशिष्ट कक्षमा मानिसको भीड गराउँदा अन्यलाई कठिनाइ हुन्छ भन्दै थिए ।
प्रहरीले सधैं नेताहरूको पत्रकार सम्मेलनमा ठूलै भीड देख्दै आएकाले पूर्वानुमान गरेका हुन सक्छन् । 'त्यसो भए माथि हलमा जाउँ' नेताको प्रस्तावपछि सबै नागरिक उड्डयन प्राधिकरणको सभा कक्षमा लागे । त्यहाँ पनि धेरै प्रतीक्षा भयो पत्रकार थपिएनन् । 'मैले २ सय जना पत्रकारलाई निम्तो गरेको हुँ,' क्रान्तिकारी पत्रकार महासंघका केन्दीय सदस्य पुजन विश्वकर्माले मञ्चबाट २ जना पत्रकारकै उपस्थितिमा कार्यक्रम सञ्चालन गर्नु परेको उल्लेख गर्दै भने, ' किन आउनु भएन ? सोधने छौ ।' उनले ५ सय रुपैयााको रिचार्ज गरेर सबैलाई फोन र एसएमएस गरेको बताए ।

Saturday, April 6, 2013

पार्टीका कार्यकर्ता चिन्ने गजुरेले काईदा: एकचोटि पढनुस, काम लाग्न सक्छ


मनोज गजुरेल
दश बाह्र बर्ष अगाडीसम्म, कुन नेता कुन पार्टीको हो- परैबाट चिनिन्थ्यो । राजाबादीहरु दौरा सुरुवालमा चिटिक्क देखिन्छे, कांग्रेसीहरु टाइसुटमा गमक्क सजिन्थे, कम्युनिष्टहरु सर्ट पाईन्टमा लिख्रिक्क भेटिन्थे । अर्थात्, लवाई खवाईका आधारमा कसले कुन सिद्धान्त बोकेको छ भन्ने कुरा ‘खुट्टी हेरेरै’ थाहा हुन्थ्यो !
manojअहिले परिस्थिति बदलिएको छ । चिल्लो अनुहार देखेर ‘जय नेपाल’ भनेको मान्छे ‘गौरवशाली पार्टी’को केन्द्रिय नेता हुनसक्छ । फुश्रो गाला देखेर ‘लाल सलाम’ गरेको मान्छे ‘गौरवखाली पाटी’को बरिष्ठ नेता हुन्छ ।
यस्तो लाग्छ– अब कसैको जिवनशैली हेरेर उसको ‘सैद्धान्तिक धरातल’ बुझ्न सकिंदैन किनभने उनीहरुले लिएको बिचार र गरेको ब्यवहारमा आकास जमिनको अन्तर छ । ‘क्रान्तिकारी पार्टीको’ नेता ब्यवाहारमा ‘भ्रान्ति’तिर लागेको हुन सक्छ, ‘बुर्जुवा पार्टी’ कार्यकर्ता पनि ब्यवहारमा ‘प्रगतिशिलता’लाई अंगालरिहेको पनि हुनसक्छ ।
सिद्धान्तलाई ब्यवहारमा लागु नगर्दा पार्टी सुभचिन्तकलाइ त मर्का परेकै छ, त्योभन्दा ठूलो मर्का सर्ब साधाररणलाई परेको रहेछ । सुदुर पश्चिमका एकजना ब्यापारी मित्रलाई चन्दा माग्नले हैरान बनएछन् ! उनले मलाइ सोधे- ‘को कुन पार्टीको नेता कार्यकर्ता हो, कसरी चिन्ने ?’ मैले आफ्नो अनुभव सुनाऐं– ‘उनिहरुको सवारी हेरेर पत्ता लगाउनुस न ।’ फेरी सोधे– ‘कसरी ?’ मैले सुझाएँ–‘कांग्रेस हो भने पजेरोमा आउँछन् , एमाले बाईकमा र माओवादी हो भने साइकल वा पैदल आउँछन् ।’ उनले बुझेझैं गरेपछि मैले भनें–‘त्यसैका आधारमा उनिहरुसंग ब्यबहार गर्नुहोला ।’ उनले निधार खुम्च्याउंदै भने– ‘त्यो शुत्र त यो जिल्लामा असफल भैसक्यो नि ।’ मैले सोधें –‘किन र ?’ उनले रहस्य खोले–‘यहाँ त माओवादी ‘स्क्रोपियो’ गाडीमा, एमाले ‘बोलेरो’मा र कांग्रेसहरु प्राडो र पजेरोमा !’
यसो संझिऐं– ‘ए, साँच्ची हो त, अहिले गाडी नहुने त ‘गणतन्त्रवादी’ हुनै सक्दैन नि ।’ त्यसपछि ब्यापारी मित्रलाई अर्को तर्क सुझाऐं– ‘पार्टी चिन्न तपाईं ‘चिया शुत्र’को प्रयोग गर्नोस् ।’ उनी आशावादी नजरले मतिर हेर्न थालेपछि मैले भनें– ‘अब उप्रान्त जो तपाईंकोमा चन्दा माग्न आउँछ, अरु कुनै कुरा नगरी पहिले सोध्नोस् – ‘चिया ल्याऔं कि कफि ?’ यदि त्यो मान्छे ‘पार्टी कार्यकर्ता’ हो भने ‘कफि’ माग्नेछ । किनभने गाडी चढ्ने हैसियतको मान्छे चियामा पक्कै अल्झिने छैन । ’ मित्रले समस्या राखे–‘त्यो त मैले बुझें । तर मलाई त प्रष्ट रुपमा ‘कुन पार्टीको मान्छे हो, त्यो थाहा पाउनु पर्यो हजुर ।’
मैले उपाए बताएँ- ‘पख्नोस् न, त्यसको पनि कुरो आउँदैछ ।’ उनि सम्हालिएपछि मैले थपें–‘ कफि मागे पार्टीको मान्छे रहेछ भन्ने बुझ्नोस्, चिया माग्यो भने ‘पाती पढ्ने मान्छे’ हो भन्ने बुझ्नोस् । यदि चिया र कफि बाहेक ‘चिसोपर्दाथ’ माग्यो भने ‘पार्टी खाने मान्छे’ हो, बुझिहाल्नोस !’
उनले समस्या राखे–‘पाती पढ्ने’ वा ‘पार्टी खाने’ भन्दापनि पार्टीमा काम गर्ने मान्छे चिन्नु छ । किनभने को, कुन पार्टीको मान्छे हो, मैले सोही अनुसार ब्यवहार गरिंन भने मेरो ‘राम नाम सत्य’ हुन सक्छ ।’
मैले उनको समस्या लाई समाधान गर्ने थप प्रयास गरें–‘त्यसो भए तपाईं कफिलाई पनि ‘जेनेरेलाइजेसन’ गर्नोस् ।’ उनी आशावादी नजरमा मलाई हेर्न थाले। ‘कुन कफि ल्याउँ’ भनेर सोध्नोस् । उनिहरुको जवाफबाट तपाई प्रष्ट चिन्नु हुनेछ, को कुन पार्टीको मान्छे रहेछ । ’उनले सोधे– ‘कसरी ?’ मैले भनें– ‘माओवादीले भन्ने छ–कडा ‘ब्ल्याक कफी ल्याउनोस् ।’ कांग्रेसले भन्ने छ– ‘मिल्क कफि ल्याउनोस्, चिनी कम गरेर’, अनि एमालेले भन्नेछ– ‘जुन भएपनि भैहाल्छ, एउटा ल्याउनोस् न ।’
उनले सोधें–‘अनि मधेशवादी नि ?’ मैले जवाफ दिऐं–‘मधेशवादीले चिया कदापी माग्ने छैनन् , किनभने उनिहरुलाई लाग्ने छ– पहाडमा उत्पादित चियाले ‘मधेस मुक्ति हुँदैन ! कफिप्रतिपनि उनिहरुको आशक्ति नहुनसक्छ–किनभने उनिहरुलाई लाग्न सक्छ– कफि पहाडिया अहंकारबादको प्रतिक हो । त्यसैले उनिहरुले न कफि माग्ने छन्, न त चिया नै–उनिहरुले पक्कैपनि चिया र कफिको साटो ‘चाय’ अर्डर गर्नेछन् !
मित्र एकछिन घोत्लिएपछि बोले–‘ तर समस्या अझै गहिरो छ ।’ मैले उनलाई ‘इनकरेज’ गर्दै भनें–‘भन्नोस्, समस्याको खाल्डो पुर्न म सहयोग गर्छु।’ उनी भन्न थाले–‘यहाँ त पार्टी चिनेरमात्रै नहुने रहेछ, त्यो मान्छे कुन गुटको हो भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।’ मैले उनलाई सुझाऐं–‘माओवादीको ‘गुट’पहिचानकालागि पनि कफिशुत्रकै प्रयोग गर्नोस् ।’ उनले सोधे–‘जस्तो ?’ मैले बेलिबिस्तार लगाऐं– ‘यदी प्रचण्ड गुटको मान्छे हुन् भने उनले कफि पिउने कुरामा ‘कन्फिडेण्ट’ देखिन्छन् । जस्तो कि, उनले भन्ने छन्– ‘मने निश्चित रुपमा कफि नै पिउनुपर्छ भन्ने हाम्रो ‘ठम्याई छ ।’ तर बाबुराम ‘लाईन’ कुनै कुरामा पनि ‘ठम्याई हुंदैन, उनिहरुलाई ‘कफि पिउनुपर्छ कि भन्ने ‘लाईरा’हुन्छ । उता बैद्य लाइनकाले तपाईंलाई आदेश गर्नेछन्–कफि पिउनुपर्छ भनेर भन्नोस् !’
मेरो शुत्र सुनेर उनि दंग पर्दै सोधे–‘एमालेमा पनि गुट छन्, कसरी चिन्ने ?’ मैले जवाफ दिऐं– ‘त्यसकालागि ‘मसला शुत्र’ प्रयोग गर्नोस । प्लेटमा बिभिन्न थरीमा मसला राखेर उसको अगाडी राख्नोस् । यदी उ ‘ओली गुट’को हो भने दुई टुक्रा ‘सुपारी’ मुखमा हालेर चपाउन थाल्ने छ, किनभने भने ओलीजीको जिल्ला झापामा धेरै सुपारी फल्दछ ।
‘खनाल पक्ष’को मान्छेले सुपारी छुंदा पनि छुंदैना, किनभने आफ्नो प्यारो नेताको जिल्ला इलाममा फल्ने ‘अलैंची’तिरै हात लम्काउनेछ । जहां सम्म माधव नेपाल गुटका मान्छेको कुरा छ –उसले सुपारी अलैंची दुवै टिपेर मुखमा हाल्दै भन्ने छ– आफु त ‘पान धेरै खाने’ रौतहट जिल्लाका नेताको मान्छे परियो ।’
मित्र दङ्ग पर्दै बोले– ‘धन्यबाद गुजरालजी ! अब मलाई ‘देउवा गुट’, ‘पौडेलपथ’, ‘सुशील लाइन’, ‘फोरम मोर्चा’, ‘सद्भावना समूह’, ‘तमलोपा वर्ग’,को बारेमा पनि बताई दिनोस् न ।’ मलाई झनक्क रिस उठ्यो – ‘पहिले एक पेट खाजा खुवाउनोस्, अनि बोल्छु ।’ उनले सोधे–‘यो चाहीं कुन लाईन हो ?’ मैले हाँस्दै जवाफ दिएँ– ‘भोक बिरुद्धको लाईन ।’ त्यसपति उनि खाजा लिन निस्किएका, अहिलेसम्म फर्किएका छैनन् । न बसौं कि निस्कियौं, मेरो ‘लाइन’ चाहिं अन्योलमा छ ।
(www.onlinekhabar.com बाट सापट)