Wednesday, April 17, 2013

'स्याल' काँधमा कांग्रेसको धाप


काभ्रे , वैशाख ४ - जेलबाट निस्किएलगत्तै गुण्डागर्दी मा संलग्न भएपछि पक्राउ परेका संजिव लामा -स्याल) लाई छुटाउन आन्दोलन थालिएको छ । काँग्रेसको भातृसंस्था नेपाल तरुण दल जिल्ला समितिको अगुवाईमा बुधवार दुई घण्टा सदरमुकाम धुलिखेल बन्द गराएर आन्दोलन थालिएको हो । लामालाई प्रहरीले बिनाकारण पक्राउ गरेकाले शर्त बिना छोड्नुपर्ने माग तरुण दलले राखेको छ । संगठनले सदरमुकाम धुलिखेल ३ देखि ५ बजे सम्म बन्द गराएको थियो ।
'संजिवको रिहाई माग गदै आन्दोलनमा उत्रिएका हौ', तरुण दलका जिल्ला उपाध्यक्ष केशब तिमल्सिनाले भने, 'बिना कारणले प्रहरीले उसलाई पक्राउ गरी हिरासतमा राखेको छ ।' प्रहरीले लामालाई बिना सर्त रिहाई नगरे सम्म आन्दोलन जारी राख्ने उनले बताए ।
लामालाई सार्वजनिक अपराधको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौले चैत्र २४ गते न्यूरोड गेटबाट पक्राउ गरेको थियो । उनलाई गौशाला क्षेत्रमा रहेको एक म्यानपावर तोडफोड गरेका अभियोग प्रहरीले लगाएको छ । 'म्यानपावर तोडफोड गरेको अभियोगमा पक्राउ गरेका हौ', परिसरका प्रवक्ता चक्रबहादुर सिंहले भने, 'लामामाथि सार्वजनिक अपराधअन्र्तगत कारवाही चलिरहेको छ ।'
लामालाई २०६६ साल माघ ६ गते गोठाटारमा हत्याकाण्डमा अदालतले एक बर्ष बढी सजाय सुनाएको थियो । जिल्लाको छक्रेबाँझ ५ घर भएका लामा जेलबाट बाहिर निस्के लगत्तै आफ्ना सहयोगीसहित कांग्रेसमा प्रवेश गरेका थिए । २०६९ साउन ७ गते काभ्रे कांग्रेसले बनेपामा आयोजना गरेको '३० औ बिपी स्मृति दिवस एंव पार्टी प्रवेश' कार्यक्रममा काँग्रेस सभापति शुशिल कोइरालाको हातबाट टिका र सदस्यता लिएर पार्टी प्रवेश गरेका थिए ।

Tuesday, April 9, 2013

गजुरेल काजी पत्रकारद्धारा बहिष्कृत


नेपालगन्ज, चैत्र २७ - कुनै कार्यक्रममा २ सय जना बोलाएकामा २ जना आए भने कस्तो होला ? खल्लो भन्ने कि बहिष्कार ? यस्तो घटना बिरलै प्रायः हुन्छन् । तर नेकपा-माओवादीले नेपालगन्ज विमानस्थलमा सोमबार गरेको पत्रकार सम्मेलनपछि सचिव सीपी गजुरेलले यस्तै तितो अनुभव लिएर काठमाडौं उड्नुपर्‍यो ।  उक्त पार्टी निकट पत्रकार संगठनले गजुरेलको पत्रकार सम्मेलनका लागि डेढ सय बढी सञ्चारकर्मीलाई निम्तो गरेको थियो । ४ बजे दिउँसो हुने भनिएको सम्मेलनका लागि कुनै पत्रकार नभएपछि केहीबेर विशिष्ट कक्षमा प्रतीक्षा गर्नुपर्‍यो । के गर्ने के नगर्ने ? सबै अलमल्ल थिए । 'के भएको हो ? आउँदै हुनुहुन्छ कि सोधौ न' सुनसान देखिए पनि गजुरेल आयोजकलाई भन्दै थिए, 'यो त भएन ।' तर २ जनाभन्दा बढी पत्रका देखिएनन् । तर एउटा टेलिभिजनका संवाददातासँग क्यामेरामेन पनि आएकाले सम्मेलनमा सञ्चारकर्मीको सख्या ३ पुग्यो । रित्तो देख्दा देख्दै पनि एक जना सुरक्षाकर्मी आएर विशिष्ट कक्षमा मानिसको भीड गराउँदा अन्यलाई कठिनाइ हुन्छ भन्दै थिए ।
प्रहरीले सधैं नेताहरूको पत्रकार सम्मेलनमा ठूलै भीड देख्दै आएकाले पूर्वानुमान गरेका हुन सक्छन् । 'त्यसो भए माथि हलमा जाउँ' नेताको प्रस्तावपछि सबै नागरिक उड्डयन प्राधिकरणको सभा कक्षमा लागे । त्यहाँ पनि धेरै प्रतीक्षा भयो पत्रकार थपिएनन् । 'मैले २ सय जना पत्रकारलाई निम्तो गरेको हुँ,' क्रान्तिकारी पत्रकार महासंघका केन्दीय सदस्य पुजन विश्वकर्माले मञ्चबाट २ जना पत्रकारकै उपस्थितिमा कार्यक्रम सञ्चालन गर्नु परेको उल्लेख गर्दै भने, ' किन आउनु भएन ? सोधने छौ ।' उनले ५ सय रुपैयााको रिचार्ज गरेर सबैलाई फोन र एसएमएस गरेको बताए ।

Saturday, April 6, 2013

पार्टीका कार्यकर्ता चिन्ने गजुरेले काईदा: एकचोटि पढनुस, काम लाग्न सक्छ


मनोज गजुरेल
दश बाह्र बर्ष अगाडीसम्म, कुन नेता कुन पार्टीको हो- परैबाट चिनिन्थ्यो । राजाबादीहरु दौरा सुरुवालमा चिटिक्क देखिन्छे, कांग्रेसीहरु टाइसुटमा गमक्क सजिन्थे, कम्युनिष्टहरु सर्ट पाईन्टमा लिख्रिक्क भेटिन्थे । अर्थात्, लवाई खवाईका आधारमा कसले कुन सिद्धान्त बोकेको छ भन्ने कुरा ‘खुट्टी हेरेरै’ थाहा हुन्थ्यो !
manojअहिले परिस्थिति बदलिएको छ । चिल्लो अनुहार देखेर ‘जय नेपाल’ भनेको मान्छे ‘गौरवशाली पार्टी’को केन्द्रिय नेता हुनसक्छ । फुश्रो गाला देखेर ‘लाल सलाम’ गरेको मान्छे ‘गौरवखाली पाटी’को बरिष्ठ नेता हुन्छ ।
यस्तो लाग्छ– अब कसैको जिवनशैली हेरेर उसको ‘सैद्धान्तिक धरातल’ बुझ्न सकिंदैन किनभने उनीहरुले लिएको बिचार र गरेको ब्यवहारमा आकास जमिनको अन्तर छ । ‘क्रान्तिकारी पार्टीको’ नेता ब्यवाहारमा ‘भ्रान्ति’तिर लागेको हुन सक्छ, ‘बुर्जुवा पार्टी’ कार्यकर्ता पनि ब्यवहारमा ‘प्रगतिशिलता’लाई अंगालरिहेको पनि हुनसक्छ ।
सिद्धान्तलाई ब्यवहारमा लागु नगर्दा पार्टी सुभचिन्तकलाइ त मर्का परेकै छ, त्योभन्दा ठूलो मर्का सर्ब साधाररणलाई परेको रहेछ । सुदुर पश्चिमका एकजना ब्यापारी मित्रलाई चन्दा माग्नले हैरान बनएछन् ! उनले मलाइ सोधे- ‘को कुन पार्टीको नेता कार्यकर्ता हो, कसरी चिन्ने ?’ मैले आफ्नो अनुभव सुनाऐं– ‘उनिहरुको सवारी हेरेर पत्ता लगाउनुस न ।’ फेरी सोधे– ‘कसरी ?’ मैले सुझाएँ–‘कांग्रेस हो भने पजेरोमा आउँछन् , एमाले बाईकमा र माओवादी हो भने साइकल वा पैदल आउँछन् ।’ उनले बुझेझैं गरेपछि मैले भनें–‘त्यसैका आधारमा उनिहरुसंग ब्यबहार गर्नुहोला ।’ उनले निधार खुम्च्याउंदै भने– ‘त्यो शुत्र त यो जिल्लामा असफल भैसक्यो नि ।’ मैले सोधें –‘किन र ?’ उनले रहस्य खोले–‘यहाँ त माओवादी ‘स्क्रोपियो’ गाडीमा, एमाले ‘बोलेरो’मा र कांग्रेसहरु प्राडो र पजेरोमा !’
यसो संझिऐं– ‘ए, साँच्ची हो त, अहिले गाडी नहुने त ‘गणतन्त्रवादी’ हुनै सक्दैन नि ।’ त्यसपछि ब्यापारी मित्रलाई अर्को तर्क सुझाऐं– ‘पार्टी चिन्न तपाईं ‘चिया शुत्र’को प्रयोग गर्नोस् ।’ उनी आशावादी नजरले मतिर हेर्न थालेपछि मैले भनें– ‘अब उप्रान्त जो तपाईंकोमा चन्दा माग्न आउँछ, अरु कुनै कुरा नगरी पहिले सोध्नोस् – ‘चिया ल्याऔं कि कफि ?’ यदि त्यो मान्छे ‘पार्टी कार्यकर्ता’ हो भने ‘कफि’ माग्नेछ । किनभने गाडी चढ्ने हैसियतको मान्छे चियामा पक्कै अल्झिने छैन । ’ मित्रले समस्या राखे–‘त्यो त मैले बुझें । तर मलाई त प्रष्ट रुपमा ‘कुन पार्टीको मान्छे हो, त्यो थाहा पाउनु पर्यो हजुर ।’
मैले उपाए बताएँ- ‘पख्नोस् न, त्यसको पनि कुरो आउँदैछ ।’ उनि सम्हालिएपछि मैले थपें–‘ कफि मागे पार्टीको मान्छे रहेछ भन्ने बुझ्नोस्, चिया माग्यो भने ‘पाती पढ्ने मान्छे’ हो भन्ने बुझ्नोस् । यदि चिया र कफि बाहेक ‘चिसोपर्दाथ’ माग्यो भने ‘पार्टी खाने मान्छे’ हो, बुझिहाल्नोस !’
उनले समस्या राखे–‘पाती पढ्ने’ वा ‘पार्टी खाने’ भन्दापनि पार्टीमा काम गर्ने मान्छे चिन्नु छ । किनभने को, कुन पार्टीको मान्छे हो, मैले सोही अनुसार ब्यवहार गरिंन भने मेरो ‘राम नाम सत्य’ हुन सक्छ ।’
मैले उनको समस्या लाई समाधान गर्ने थप प्रयास गरें–‘त्यसो भए तपाईं कफिलाई पनि ‘जेनेरेलाइजेसन’ गर्नोस् ।’ उनी आशावादी नजरमा मलाई हेर्न थाले। ‘कुन कफि ल्याउँ’ भनेर सोध्नोस् । उनिहरुको जवाफबाट तपाई प्रष्ट चिन्नु हुनेछ, को कुन पार्टीको मान्छे रहेछ । ’उनले सोधे– ‘कसरी ?’ मैले भनें– ‘माओवादीले भन्ने छ–कडा ‘ब्ल्याक कफी ल्याउनोस् ।’ कांग्रेसले भन्ने छ– ‘मिल्क कफि ल्याउनोस्, चिनी कम गरेर’, अनि एमालेले भन्नेछ– ‘जुन भएपनि भैहाल्छ, एउटा ल्याउनोस् न ।’
उनले सोधें–‘अनि मधेशवादी नि ?’ मैले जवाफ दिऐं–‘मधेशवादीले चिया कदापी माग्ने छैनन् , किनभने उनिहरुलाई लाग्ने छ– पहाडमा उत्पादित चियाले ‘मधेस मुक्ति हुँदैन ! कफिप्रतिपनि उनिहरुको आशक्ति नहुनसक्छ–किनभने उनिहरुलाई लाग्न सक्छ– कफि पहाडिया अहंकारबादको प्रतिक हो । त्यसैले उनिहरुले न कफि माग्ने छन्, न त चिया नै–उनिहरुले पक्कैपनि चिया र कफिको साटो ‘चाय’ अर्डर गर्नेछन् !
मित्र एकछिन घोत्लिएपछि बोले–‘ तर समस्या अझै गहिरो छ ।’ मैले उनलाई ‘इनकरेज’ गर्दै भनें–‘भन्नोस्, समस्याको खाल्डो पुर्न म सहयोग गर्छु।’ उनी भन्न थाले–‘यहाँ त पार्टी चिनेरमात्रै नहुने रहेछ, त्यो मान्छे कुन गुटको हो भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।’ मैले उनलाई सुझाऐं–‘माओवादीको ‘गुट’पहिचानकालागि पनि कफिशुत्रकै प्रयोग गर्नोस् ।’ उनले सोधे–‘जस्तो ?’ मैले बेलिबिस्तार लगाऐं– ‘यदी प्रचण्ड गुटको मान्छे हुन् भने उनले कफि पिउने कुरामा ‘कन्फिडेण्ट’ देखिन्छन् । जस्तो कि, उनले भन्ने छन्– ‘मने निश्चित रुपमा कफि नै पिउनुपर्छ भन्ने हाम्रो ‘ठम्याई छ ।’ तर बाबुराम ‘लाईन’ कुनै कुरामा पनि ‘ठम्याई हुंदैन, उनिहरुलाई ‘कफि पिउनुपर्छ कि भन्ने ‘लाईरा’हुन्छ । उता बैद्य लाइनकाले तपाईंलाई आदेश गर्नेछन्–कफि पिउनुपर्छ भनेर भन्नोस् !’
मेरो शुत्र सुनेर उनि दंग पर्दै सोधे–‘एमालेमा पनि गुट छन्, कसरी चिन्ने ?’ मैले जवाफ दिऐं– ‘त्यसकालागि ‘मसला शुत्र’ प्रयोग गर्नोस । प्लेटमा बिभिन्न थरीमा मसला राखेर उसको अगाडी राख्नोस् । यदी उ ‘ओली गुट’को हो भने दुई टुक्रा ‘सुपारी’ मुखमा हालेर चपाउन थाल्ने छ, किनभने भने ओलीजीको जिल्ला झापामा धेरै सुपारी फल्दछ ।
‘खनाल पक्ष’को मान्छेले सुपारी छुंदा पनि छुंदैना, किनभने आफ्नो प्यारो नेताको जिल्ला इलाममा फल्ने ‘अलैंची’तिरै हात लम्काउनेछ । जहां सम्म माधव नेपाल गुटका मान्छेको कुरा छ –उसले सुपारी अलैंची दुवै टिपेर मुखमा हाल्दै भन्ने छ– आफु त ‘पान धेरै खाने’ रौतहट जिल्लाका नेताको मान्छे परियो ।’
मित्र दङ्ग पर्दै बोले– ‘धन्यबाद गुजरालजी ! अब मलाई ‘देउवा गुट’, ‘पौडेलपथ’, ‘सुशील लाइन’, ‘फोरम मोर्चा’, ‘सद्भावना समूह’, ‘तमलोपा वर्ग’,को बारेमा पनि बताई दिनोस् न ।’ मलाई झनक्क रिस उठ्यो – ‘पहिले एक पेट खाजा खुवाउनोस्, अनि बोल्छु ।’ उनले सोधे–‘यो चाहीं कुन लाईन हो ?’ मैले हाँस्दै जवाफ दिएँ– ‘भोक बिरुद्धको लाईन ।’ त्यसपति उनि खाजा लिन निस्किएका, अहिलेसम्म फर्किएका छैनन् । न बसौं कि निस्कियौं, मेरो ‘लाइन’ चाहिं अन्योलमा छ ।
(www.onlinekhabar.com बाट सापट)

Friday, March 22, 2013

दाहाल, गच्छदार, सुजाता, हिसिलासहित तीन दर्जन नेताका सम्पत्ति छानबिन

काठमाडौं, चैत ९ - वित्तीय जानकारी इकाइले राजनीतिक दलका प्रभावशाली नेता, आफन्त र नजिकका कार्यकर्ताहरुको सम्पतिको अनुसन्धान सुरु गरेको छ। पछिल्लो समय राजनीतिक दलका नेता र उनीहरुका निकटवर्तीहरुको अस्वभाविक आर्थिक कारोबार वढ्न थालेपछि सम्पति सुद्धिकरण विभागसँग मिलेर इकाइले अनुसन्धान थालेको हो। राष्ट्र बैंकमा रहेको इकाइले नेता, तीनका परिवारको बैंक खाता, सम्पतिलगायतका बारेमा जानकारी संकलन गर्न थालेको हो। विभाग र इकाइको अनुसन्धानको घेरामा सरकारमा आवद्ध भएका दलका नेताहरु परेका छन्। सरकारमा सहभागी केही नेताहरुको अस्वभाविक आर्थिक लेनदेनका कारोबार वढेपछि इकाइले अरु नेतामाथि पनि अनुसन्धान थालेको हो।
इकाइ स्रोतका अनुसार, करिव तीन दर्जन नेताहरुको सम्पति तथा वित्तीय कारोबारमाथि अनुसन्धान सुरु भएको छ। राजनीतिक दलका नेताहरुसँग नजिक रहेका भनिएका व्यवसायी, कार्यकर्ताहरुको पनि सम्पति माथि अनुसन्धान सुरु भएको इकाइ स्रोतले जानकारी दियो। 

Thursday, March 21, 2013

लोकमानले एमालेमा झगडा गराए


काठमाडौं, चैत्र ९ - एमालेभित्र अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्ने उच्चस्तरीय राजनीतिक समितिको निर्णयलाई लिएर तीव्र विवाद भएको छ । स्थायी समितिका नेताहरूबीच उक्त निर्णय फिर्ताका लागि पहल गर्ने/नगर्ने विषयमा विवाद चर्किएपछि बिहीबार औपचारिक रूपमा बैठक बस्नै सकेन । अनौपचारिक बैठकमै नेताहरूबीच चर्काचर्की भएपछि चार दिनसम्म बैठक स्थगित भएको छ । नेताहरूले भने सबै सदस्यहरू उपस्थित हुन नसकेकाले बैठक बस्न नसकेको दाबी गरेका छन् ।
 जनआन्दोलनका दमनकारी र अख्तियारले समेत अयोग्य ठहर्‍याएका कार्कीलाई सिफारिस गर्नु लोकतन्त्रकै उपहास भएको भन्दै जसरी पनि सिफारिस फिर्ता लिने पहल गर्नुपर्ने माग नेताहरूको थियो । उच्चस्तरीय समितिमा रहेर कार्कीको प्रस्तावमा स्वीकृति दिने अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमको बुधबारको बैठकमै अन्य नेताहरूले आलोचना गरी फिर्ता लिनुपर्ने आवाज उठाएका थिए । तर बैठकपछि उपाध्यक्ष गौतमले उक्त स्वीकृतिको सार्वजनिक रूपमा बचाउ गर्दै एमालेसमेतको संलग्नतामा निर्णय भएको तर एमालेको मात्र कारणले उक्त निर्णय फिर्ता हुन नसक्ने धारणा राखेका थिए ।
बैठकमा आलोचना भए पनि उपाध्यक्ष गौतमले समितिमा सर्वसम्मत निर्णय हुने कार्याविधि भएकाले एमालेले भन्दैमा निर्णय नउल्टिने भनाइ सञ्चारकर्मीसँग सार्वजनिक रूपमा बताएका थिए । समग्र विषयमा सहमति गर्नुपर्ने बाध्यताका कारण यस्तो अवस्था आएको तर्क निर्णयकर्ताहरूको छ ।
गौतमले बुधबार दिएको अभिव्यक्तिमाथि नै बिहीबार अन्य नेताहरूले आपत्ति जनाए । निर्णय फिर्ताको पहल गर्नुपर्नेमा उल्टै निर्णयको बचाउ गरेकोमा आपत्ति जनाएका थिए । 'बुधबारकै बैठकमा यो विषयमा पर्याप्त आलोचना भएको थियो तर गलत निर्णय भएको कुरालाई महसुस गर्ने काम भएन, बरु उल्टै अब फिर्ता लिन सकिँदैन भन्ने कुरा आयो,' स्थायी समिति सदस्य अमृत बोहराले भने, 'यसरी त हुँदैन, गलत निर्णय  फिर्ता गर्ने ढंगले जानुपर्छ ।' अरू पार्टी जनआन्दोलनका मूल मर्मविरुद्घ गए भने पनि एमाले त्यस्तो गर्न नसक्ने उल्लेख गर्दै उनले यो विषय अझै पार्टीभित्र व्यापक बहसमा आउने बोहराले बताए । पार्टीमा छलफल नगरी निर्णय गर्ने अनि गलत निर्णयहरूमा पनि पार्टीलाई लतारेर जान सकिन्छ भन्ने शैली प्रकट भएको उल्लेख गर्दै बोहराले त्यो ठीक नहुने बताए । 'गलत निर्णय छन् भने त्यसलाई सच्याउनुपर्छ, आत्मआलोचना गरेर जानुपर्छ,' अनुशासन आयोगका अध्यक्षसमेत रहेका बोहराले भने, 'पहिले पनि निर्णय गरेर आउने अनि छलफल गर्ने कुरा भएको थियो, त्यसलाई धेरैपछि छुट दिइएको पनि हो तर पार्टी कमिटी सधैं यसरी चल्ने त हुँदैन ।' कार्कीकै विषयलाई लिएर बोहराले अनुशासन आयोगका तर्फबाट अध्यक्ष झलनाथ खनाललाई निर्णय फिर्ता लिनका लागि ध्यानाकर्षण गराएका थिए । उनले विज्ञप्तिमा आइन्दा यस्ता व्यक्तिहरूको सिफारिस गर्ने क्रममा ध्यान पुर्‍याउन सचेतसमेत गराएका थिए । कार्कीलाई स्वीकृति दिएको विषयमा वरिष्ठ नेता माधव नेपाल, केपी ओलीलगायतका प्रमुख नेताहरू विपक्षमा छन् । उनीहरू जसरी पनि कार्कीको नियुक्ति रोक्नका लागि पहल गर्नुपर्ने पक्षमा छन् ।
निर्वाचनलगायत पार्टीभित्रका अन्य विषयहरूमा समेत छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको थियो । पहिलो बैठकमै कार्कीकै एजेन्डामा चर्को रूपमा उठेपछि बैठक पर धकेलिएको छ । 

FOODS THAT RELEASE SEROTONIN IN THE BRAIN


Serotonin is a neurotransmitter that can improve mood, enhance sleep and reduce the sensation of pain. It's difficult to boost serotonin levels with diet alone, because foods affect different people in different ways. However, it's possible to boost the production of serotonin in the brain by eating specific foods. Choose healthful foods whenever possible to get the benefits of increased serotonin production without extra fat, cholesterol and calories.

Foods That Release Serotonin in the BrainDark Chocolate

Research conducted by Mary Engler of the University of California, San Francisco School of Nursing revealed that dark chocolate has several health benefits. This type of chocolate contains flavonols, which are naturally occurring chemicals that increase nitric oxide levels in the blood. This promotes better blood flow and relaxation of the arteries. In addition, the relaxed feeling that occurs after eating a piece of dark chocolate was found to occur because dark chocolate can raise serotonin levels in the brain. Dark chocolate also contains antioxidants, which neutralize free radicals and slow the destruction of cells.

Fruits & Vegetables

According to researchers from Middle Tennessee State University, folic acid deficiency can lead to decreased levels of serotonin in the brain. Folic acid, also known as vitamin B9, helps to prevent neural tube defects during fetal development and can also protect the body against heart disease and some types of cancers. Fruits and vegetables that contain folic acid can help to boost serotonin levels and improve mood. Examples of fruits and vegetables that contain folic acid include oranges, spinach, broccoli, corn, beets, parsnips and brussels sprouts.

Dairy Products

Dairy products can contribute to an increase in serotonin because they contain a simple sugar called lactose. Simple sugars help boost serotonin levels, which can help improve mood or make it easier to fall asleep. Dr. Ellen Weber, president of the MITA International Brain Based Renewal Center, recommends drinking warm milk to sleep more soundly and eating cheeses to boost energy in the afternoon.

Complex Carbohydrates

According to a study conducted at the Massachusetts Institute of Technology, carbohydrate consumption can improve serotonin levels. Because serotonin can decrease the perception of pain, improve mood and induce sleep, some people may unconsciously crave high-carbohydrate foods when they need to relax or rest. Avoid products that contain refined sugars or high levels of fat and cholesterol. Choose complex carbohydrates, which need to be broken down before they can be absorbed into the bloodstream. Examples of complex carbohydrates include legumes, starchy vegetables, oatmeal and whole-grain cereals.

References


हरिवंशको आत्मकथा आउने


मीराको दोस्रो स्मृतिमा आत्मकथा


हास्यव्यंग्य कलाकार, अभिनेता एवं गायकको रुपमा परिचित हरिवंश आचार्य अब अर्को रुपबाट पनि चिनिदै हुनुहुन्छ । आफ्नो जीवन भोगाइका कथाव्यथा समेटेर उहाँले पुस्तक निकाल्न लाग्नुभएको हो । पुस्तकको रुपरेखा तयार भैसकेकाले छिटै बजारमा ल्याउने तयारी छ ।
फाइनप्रिन्टको प्रकाशनमा आचार्यको ‘चिना हराएको मान्छे’ नामक आत्मकथा यही महिनाको अन्त्यसम्म बजारमा ल्याउने तयारी छ । फाइनपि्रन्टले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी चैत महिनाको अन्त्यसम्म पुस्तक बजारमा आउने जानकारी दिएको हो । ‘२०६९ सालको अन्त्यमा निक्लने यो पुस्तक बिगेस्ट बुक अफ द इयर हुनेछ भन्ने हाम्रो विश्वास छ’ फाइनपि्रन्टका अजित बरालले बताउनुभयो ।
फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले आचार्यजस्तो ठूलो व्यक्तित्वको पुस्तक छाप्न पाउनु गर्वको कुरा रहेको र आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो । आचार्यको आत्मकथाको पाण्डुलिपी पढेका र पुस्तक सम्पादनमा सहयोग गरेका रविन्द्र समीरले पुस्तक नेपाली प्रकाशन उद्योगको सबैभन्दा महत्वपूर्ण उपलव्धी भएको बताउनुभयो ।

निर्वाचन आयोग प्रमुखमा उप्रेती

nilkantha
 संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्तमा निलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले प्रमुख चार दलीय उच्चस्तरीय राजनीतिक समितिको सुझाव अनुसार आयोगको प्रमुख आयुक्तमा निलकण्ठ उप्रेतीलाई सिफारिस गरेको हो ।
परिषदको सिफारिसपछि उप्रेती प्रमुख निर्वाचन आयुक्त बन्ने पक्का भएको छ । संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्ले गरेको सिफारिसलाई राष्ट्रपतिले प्रमाणित गर्ने प्रचलन छ ।
यसैगरी संवैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा दोलखबहादुर गुरुङ, अयोधीप्रसाद यादव, इला शर्मा र रामभक्त पीभी ठाकुरलाई सिफारिस गरेको छ । संविधान १ सय २८ बमोजिम नियुक्तिका लागि ५ जनाको नाम सिफारिस गरिएको परिषद् सदस्य सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिनुभयो ।
परिषदको सिफारिस अनुसार अब राष्ट्रपतिले यसलाई प्रमाणित गरेपछि आयोगले पूर्णता पाउनेछ । हालै मात्र अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्ति गर्दा संसदीय सुनुवाइ गर्नु पर्ने व्यवस्था हटाइएकाले निर्वाचन आयुक्तहरुको नियुक्तिको बाटो खुलेको हो ।

Wednesday, March 20, 2013

Sharma, Thakur recommended EC commissioners


KATHMANDU, March 20: A high level political committee has recommend Ila Sharma and Ram Bhakta Thakur to the post of the Election Commission commissioners, Nepali Congress leader Ram Chandra Paudel said.

A meeting of the committee held at New Baneshwor on Wednesday evening took this decision to this effect

Ishani Shrestha crowned Miss Nepal 2013

KATHMANDU, March 20: Ishani Shrestha has been crowned Fanta The Hidden Treasure Miss Nepal 2013 amid a special program at Nepal Academy Hall, Kamaladi on Wednesday. 
 
Shrestha will represent Nepal in the upcoming Miss World 2013 scheduled on September 28 at Sentul International Convention Center on the outskirts of Jakarta, Indonesia. 

Meanwhile, Rojina Shahi Thakuri was crowned first runner up while Shritima Shah was crowned second runner up of the coveted pageant. Thakuri and Shah will compete in Miss Earth 2013 and Miss International 2013 respectively representing Nepal.

With the crown, Shrestha has been awarded a purse of Rs 50,000. Similarly, Thakuri and Shah has been awarded Rs 35,000 and 25,000 respectively.