Thursday, February 28, 2013

एमालेको भडकाऊ निति


१७ फागुन, काठमाडौं । जसले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई लोभी, असक्षम र पत्रुसमेत भन्यो, उसैलाई रेग्मी नेतृत्वको चुनावी सरकार बनाउने जिम्मा दिएपछि के हविगत होला ? रेग्मी नेतृत्वको सरकारका लागि बाटो खोल्ने जिम्मेवारी पाएको कार्यदलको हालत अहिले यस्तै हास्यास्पद देखिएको छ । रेग्मीलाई असक्षम र कमजोर भन्ने एमाले नेता नै यतिबेला रेग्मीको नेतृत्वमा सरकार बनाउने कार्यदलको जिम्मेवारीमा छन् ।
‘रेग्मीको नेतृत्वमा सरकार बनाउन हुँदैन भन्ने अग्नि खरेलजस्ता मान्छेलाई नै एमालेले कार्यदलमा पठाएको छ, जसले गर्दा उनीहरु रेग्मीलाई बनाउने हैन, बिगार्नेतिर भूमिका खेलिरहेका छन् ।’ कार्यदलका एक सदस्यले अनलाइनखबरसँग भने- ‘एमाले नेता भीम रावलको भूमिका अपेक्षाकृत इमान्दारजस्तो देखिए पनि अर्का प्रतिनिधि खरेलले सहमति भाँड्ने र रेग्मीलाई असफल पार्ने खेल खेलिरहेका छन् ।’
गत फागुन १ गते बल्खुमा आयोजित नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेता अग्नि खरेलले प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउन कुनै पनि हालतमा नमिल्ने र व्यक्तिगतरुपमा पनि रेग्मीलाई बनाउन नहुने भन्दै शीर्ष नेतृत्वको चर्को आलोचना गर्नुभएको थियो । तर, राष्ट्रपति कार्यालयभित्रै गठन गरिएको कार्यदलमा एमाओवादी, कांग्रेस, एमाले र मधेसवादी मोर्चाका दुई/दुईजना प्रतिनिधिहरु छनौट गर्दा एमालेले खरेलको नाम सिफारिस गर्यो । खरेलले पनि नैतिकताका आधारमा कार्यदलमा बस्दिँन भन्नुभएन ।
कार्यदलमा रहेका एमालेका प्रतिनिधिले बैठकको गोप्य सूचना बाहिर लैजाने, बारलाई उचाल्ने र कसो गर्दा रेग्मीलाई असफल पार्न सकिन्छ, त्यही षड्यन्त्र गर्ने काम गरिरहेको अन्य दलका नेताको गुनासो छ । ‘कार्यदलबाट सूचना लिने र त्यसैका आधारमा षड्यन्त्र गर्ने काम एमालेका साथीले गरिरहनुभएको छ ।’-स्रोतको आरोप छ ।
‘जुन दिन कार्यदलको बैठक बोलाइन्छ, त्यही दिन र उही समय पारेर एमालेको बैठक बोलाइन्छ ।’ कार्यदलका एक सदस्यले अनलाइनखबरसँग भने- ‘अघिल्लो दिन सहमति हुन्छ, भोलिपल्ट एमालेका साथीहरुले त्यसमा बखेडा झिक्नुहुन्छ ।’ उनका अनुसार कार्यदललाई छिटो निर्णय गर्न नदिने र समय गुजार्दै लगेर जेठमा चुनाव हुन नदिने रणनीतिमा एमाले नेताहरु लागेका छन् ।
के-के गर्यो एमालेले ?
राष्ट्रपतिको उपस्थितिमा कार्यदल गठन गर्दा एमालेबाट विष्णु पौडेल र रघुजीपन्तको नाम आएको थियो । तर, विष्णु पौडेलले बस्न नमानेपछि रेग्मीलाई व्यक्तिगतरुपमा पनि सरकार प्रमुख बनाउन नहुने भन्दै चर्को विरोध गर्ने खरेल र अर्का नेता भीम रावललाई एमालेले प्रतिनिधि छान्यो । एमालेका शीर्ष नेता एकातिर र खरेल अर्कातिर भएकाले थ्त्यही दिनबाट रेग्मी कार्यदललाई असफल पार्ने षड्यन्त्रमा लागेपछि एउटा बैठकमै एमाओवादी, कांग्रेस र मधेसवादी नेताहरुले शीर्ष नेताको भावना र म्यान्डेट विपरीत भूमिका नखेल्न एमाले नेताहरुलाई सचेत गराउनुपरेको स्रोत बताउँछ ।
कार्यदल गठन भएको भोलिपल्ट बिहान ८ शीतलनिवासमा दिउँसो १ बजेसम्म बैठक बस्यो र १२ वटा एजेन्डामाथि छलफल भयो । मतदाता नामावली, नागरिकता, सत्य निरुपण आयोग र सेना समायोजनको दर्जासम्बन्धी चारवटा विषयमा कुरा नमिले पनि उसैदिन शीर्ष नेतालाई प्रतिवेदन बुझाउन खोज्दा एमाले नेताहरुले टारेको स्रोतको आरोप छ ।
एमालेको बल्खुमा बैठक दुईदिनसम्म लम्बिएका कारण उसबाट सहमति नआएपछि राष्ट्रपतिले आफैं कदम चाल्ने भन्दै आक्रोश व्यक्त गरेपछि साँझ ७ बजे एमालेको केन्द्रीय समिति बैठक त सकियो, तर स्थायी कमिटीले टुंगो लगाउने भन्ने उधारो निर्णय भयो । त्यसपछि राष्ट्रपति कार्यालयभित्रै एमालेको स्थायी किमटी बैठक बस्यो र भोलिपल्ट कार्यदलले शीर्ष नेतालाई प्रस्ताव बुझायो ।
रेग्मीलाई भड्काउने एमाले रणनीति
कार्यदलको प्रारम्भिक प्रस्तावमा जेठमा चुनाव नगरे रेग्मीलाई फिर्ता पठाउने पदावली एमाले नेताहरुकै जोडमा प्रयोग गरिएको थियो । ‘यसो गर्दा रेग्मीले अपमानित महसुस गर्छन् र भड्किन्छन् भन्ने एमाले नेताहरुको रणनीति थियो ।’ स्रोत भन्छ- ‘यस्तो प्रस्ताव सार्वजनिक गरेर प्रधानन्यायाधीशलाई भड्काउने पनि एमाले नतेाहरु नै हुन् । हामी मोबाइल स्वीचअफ गरेर बस्छौं, उनीहरुचाँहि बैठकमा भए नभएका कुरा गरेर बनिसकेको समहति बिगार्छन् ।’
नागरिकता, मतदाता परिचयपत्र, सेना समायोजनको दर्जा र सत्य निरुपण आयोगमा पनि एमाले नेताहरुले पहिले सहमति जनाएर पछि हटेको अन्य दलका नेताहरुको आरोप छ । रेग्मीलाई सरकारको नेतृत्व दिनु हुँदैन भन्ने र गाली गलौज गर्नेलाई नै कार्यदलमा पठाएकाले यस्तो भएको हो ।’-स्रोतले अनलाइनखबरसँग भन्यो ।
यसैवीच, कार्यदलका सदस्य रहनुभएका एमाले नेता एवं अधिवक्ता अग्नि खरेललाई यसबारे बुझ्न खोज्दा उहाँले शुरुमा ‘कसले भन्यो ?’ भन्ने प्रश्न गर्नुभयो, त्यसलगत्तै काटिएको टेलिफोन पुनः डायल गर्दा उहाँले रिसिभ गर्नुभएन ।

Wednesday, February 27, 2013

सुरा, सुन्दरी र एमाले

बुटवल, फागुन १७२०५४ सालतिर सरकार बनाउने र गिराउने खेलमा एमाले भित्र सुरा र सुन्दरीको खुब चर्चा भएको थियो। अहिले आएर त्यो बिडो युबा एमालेहरुले थामेका छन् ।एमालेको भातृ संगठन युवा संघ नेपालको आठौं महाधिवेशनले बुटवलका जनतालाई केही नदिए पनि मदिरा तथा होटल व्यवसायी र औषधी पसले भने मालामाल भएका छन् । देशभरका खुँखार डनहरुको जमघटका कारण बुटवलका गतिला होटल जति पहिलेनै बुक भइसकेका थिए । वास्तविक प्रनिनिधीहरु भनें होटल बास नपाएर भौतारिएका थिए । बुटवलमा युवा संघको सम्मेलन चलुन्जेल करीव २ करोडको मदिरा खपत भएको पेय पदार्थ विक्री वितरण व्यवसायी महासंघको रुपन्देही शाखाले जनाएको छ । औषधी पसल मालामाल हुनुको कारण भनें कण्डमको अत्यधिक खपतले गर्दा हो । यसपटक युवा संघले करीव ५० प्रतिशत महिला प्रतिनिधि समावेश गरेको थियो । यसक्रममा चल्तिका डनहरु तथा शक्तिसाली नेताहरुले महिला कोटामा आफू निकटका युवती, आफ्ना गर्ल फ्रेण्ड र कतिपय त रेष्टुरेन्ट र मसाज पार्लरका युवतीलाइ पनि प्रतिनिधी बनाएर बुटवल लगेको चर्चा युवा संघ सम्मेलन स्थलमै चलेको थियो ।
डनहरुले आ आफ्ना गाडीमा गर्लफ्रेण्डहरुलाई प्रतिनिधि बनाएर लगेको दृष्य लाजलाग्दो थियो । प्रायः सबै गतिला होटलमा युवा संघका प्रतिनिधिहरु दिउसै मापसे गरि कोठाभित्र रासलिलामा मस्त भएको भन्दै बन्दसत्रमा केही प्रतिनिधिले होहल्ला गरेका थिए । बुटवलका औषधी पसल र पान पसलहरुबाट समेत अत्यधिक मात्रामा कण्डम खपत भएको औषधी व्यवसायीहरुले बताए । १ रुपैयादेखि डेढ सय रुपैयासम्मका कण्डम विक्री भएको विपुल फार्मेसीकी अनिता ज्ञवालीले बताइन् । कतिपय प्रतिनिधिहरु भनें जोडी बाँधेर लुम्बिनी, मणीग्राम, भैरहवा लगायतका ठाउमा गएर रात बिताएका थिए । माओवादी लडाकुबाट चितवनको शक्तिखोरमा मारिएका भनिएका रामहरी श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ एकजना एमाले निकट पत्रकारसँग मस्किएको देख्दा अरु प्रतिनिधि लाज मानेर हिडेका थिए । बुटवलमा कोठा नपाएको भन्दै उनीहरु महाधिवेशन छाडेर डेटिङका लागि लुम्बिनीतिर लागेका थिए । कतिपय जोडीलाई आपत्तिजनक अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

Tuesday, February 26, 2013

A healthy vegan diet reduces heart disease risk


Eat more vegan meals to protect heart health
Vegans have the edge when it comes to heart disease. Research shows that those who shun all animal products are likely to have lower blood cholesterol levels and less hypertension. Vegan diets are also higher in phytochemicals and nutrients that may reduce heart disease risk.
A recent paper from Zhejiang University in Hangzhou, China looked at several factors in plant-based diets that affect heart disease. And while most media sources got the conclusions wrong, the paper stated clearly that vegans have a “generally low risk of cardiovascular disease.”

Vegetarian diet

Vegetarian diet. Image: GettyEver-growing numbers of Kiwis are opting for a vegetarian diet, meaning that they elect not to eat meat, meat products and fish. Some stricter vegetarians also refuse to eat eggs.
Why do people decide to be vegetarian?
Reasons for opting for a vegetarian diet are many and various.
Many people decide that for ethical purposes they are no longer prepared to eat meat: they see it as killing animals and that in the modern world, this is no longer necessary for human survival.
Some vegetarians just don't like the taste of meat or the texture.
Some people are protesting against farming methods in the Third World, where animals are fed grain-intensively, leaving less grain for humans to eat — arguably a factor in causing famine.
Some people opt to become vegetarian for health reasons.

सुस्वास्थ्यका लागि शाकाहार


मानिसलाई स्वस्थ राख्ने प्रमुख आधार नै खाना हो । स्वस्थ बनाउनको लागि तागत वा शक्ति दिने खानेकुराको त्यतिकै महìव हुन्छ । सोको लागि शाकाहारी खानाको भुमिका महìवपूर्ण हुन्छ । जस्तैः उसिनेको, हकुवा, ताइचिन र मन्सुरी चामललाई स्वस्थ खानाको रूपमा लिइन्छ । त्यस्तै गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, शखरखण्ड, तरुल, पिँडालु, गिठ्ठा, आलु, चिउरा, फलफूललाई स्वस्थ भोजनको रूपमा लिन सकिन्छ । शरीरको तापक्रम र सन्तुलन बनाइराख्न, मांशपेशी बलियो बनाउन, शरीरको मुख्य अङ्गहरू -मृगौला, मुटु, फोक्सो, मष्तिस्क) लाई निरोगी राख्न एवं विभिन्न समस्याहरू निराकरण गर्न यी शाकाहारी खाना नै हुन् । स्वास्थ्य समस्याहरू निराकरण गर्न

Monday, February 25, 2013

स्मरण शक्ती कसरी बढाउने ?


स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा कसलाई पो हुँदैन र ? तर पनि सबैको सम्झिने क्षमता एकैनासे हुँदैन ।
अझ उमेरसँगै स्मरणशक्ति घट्दै जान्छ । स्मरण शक्ति बढाउने त्यस्तो कुनै औषधि बनेको छैन ।
पौष्टिक आहारको सेवन, नियमित व्यायाम, पर्याप्त निद्रा -कम्तिमा दिनको ८ घण्टा) लगायतका कुरा अपनाइयो भने दिमागी गतिविधि बढ्छ र स्मरण शक्ति समेत बढ्ने बताइन्छ । केही त्यस्ता पौष्टिक तत्व छन् जसले दिमागलाई तेज बनाउँछन् र सम्भिmने क्षमता पनि बढाइदिन्छन् । यी खाद्यपदार्थको सेवनले उमेरसँगै स्मरणशक्ति घट्दै जाने समस्या पनि कम हुन्छ ।
स्मरण शक्ति बढाउनका लागि खानामा एन्टी अक्सिडेन्ट तथा फ्लेभिन्वाइड तत्वको मात्रा बढाउनुपर्छ । यी तत्वमा रोगसँग लड्ने क्षमता पनि हुन्छ । यसको लागि भिटामिन ए, सी तथा इ युक्त खाना जस्तै अण्डा, गाजर, ब्रोकाउली, माछा तथा सागपात र फलफूलको सेवन पर्याप्त गर्नुपर्छ ।

Sunday, February 24, 2013

खिलराज रेग्मी प्रधानमन्त्री बनिदिने

दलहरुले लाख बिन्ति बिसाए पछि प्र.न्या. प्रधानमन्त्री बनिदिने भएकस छन्  प्रमुख दलका शीर्ष नेताहरुसँगको छलफलमा उहाँले आफू चुनावी सरकारको नेतृत्व लिन तयार रहेको जानकारी दिनुभएको हो । छलफलपछि पत्रकारहसंग कुराकानी गर्दै मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छादारले प्रधानन्यायधीश रेग्कोमीसंगको  छलफलमा दलहरुले राखेको प्रस्तावप्रति उहाँ सकारात्मक भएको जानकारी दिनुभयो ।  मोर्चा संयोजक गच्छदारले भन्नुभयो -’छलफल सकारात्मक रुपमा अघि बढेको छ, प्रधानन्यायाधीशले चुनावी सरकारको नेतृत्व गर्नुहुने भएको छ, अव मुलुक चुनावी माहोलमा अघि बढ्ने छ ।’ गच्छदारले निर्वाचनका लागि गठन हुने सरकारको नेतृत्व लिन प्रधानन्यायाधीश सहमत भएकाले अब दलहरुवीच रहेका विवादित विषयमा छलफल गरी निष्कर्षमा पुगिने जानकारी दिनुभयो ।  प्रधानन्यायाधीश रेग्मीसँग भएको भेटपछि प्रमुख दलका नेताहरुले अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको वताएका छन् । दिउँसो ३ बजे बस्ने प्रमुख चार दलको बैठकले यसवारेमा ठोस निर्णय लिने वताइएको छ ।छलफलमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरवहादुर, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मोर्चाका संयोजक बिजयकुमार गच्छदारलगायतका नेताहरु सहभागी थिए

एमालेमा डनहरुको भिडन्त


बुटवलमा युवा संघ नेपालको आठौं राष्ट्रिय महाधिवेशन चलिरहेका बेला एमालेको संस्थापन पक्षका कार्यकर्ताहरू बुटवलमा हुने कुनै पनि महाधिवेशन केपी ओलीका लागि अनुकूल नभएको टिप्पणी गरिरहेका छन् । उनीहरूका अनुसार बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केपी ओली अध्यक्षमा पराजित भएर झलनाथ खनाल बिजयी भए । त्यसपछि भएको निजामती कर्मचारी संगठनको अध्यक्षमा पनि संस्थापन पक्षका भोलनाथ पोखरेल बिजयी भए भने प्रेस चौतारीको अध्यक्षमा पनि संस्थापन पक्षकै गगन विष्ट बिजयी भएका थिए ।
बुटवलमै भएको एकोराबको सम्मेलनबाट निर्वाचित अध्यक्ष मीनबहादुर शाहीलाई पनि संस्थापन पक्षले आफ्नै कोटामा राख्दा अहिलेसम्म बुटवलमा हुने सम्मेलन ओली पक्षका लागि प्रतिकूल भएका छन् । युवासंघको अध्यक्षमा पनि त्यही कारण निरज आचार्यले जित्ने दावी गर्दै संस्थापन पक्षका युवाहरू चुनावी मैदानमा होमिएका बेला महेश बस्नेतले बुटवलमा स्थापित भएको अहिलेसम्मको बिरासत तोड्ने ठोकुवा गर्दै छन् उनी पक्षधरहरू ।

पारस शाहको पेटको आन्तरिक रक्तश्राव रोकियो


१३ फागुन, काठमाण्डौ । बैंकको समित्भेज अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको पेटको आन्तरिक रक्तश्राव रोकिएको छ ।
उपचारमा संलग्न चिकित्सकले आइतवार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा रक्तश्राव रोकिएको र औषधीको सहायतामा उनको रक्तचाप-ब्लड प्रेसर) पनि नियन्त्रणमा आएको उल्लेख गरेको छ ।
तर पारसको स्वास्थ्य अबस्थामा सुधार आएको भने बिज्ञप्तिमा भनिएको छैन । अघिल्ला बिज्ञप्ति झैं यसपटक पनि पारसको स्वास्थ्य स्थिति जटिल तर स्थिर रहेको उल्लेख गरिएको छ ।
केही महिनादेखि बैंककमा बसिरहेका पारस शाहलाई पाँच दिन अघि हृदयघात भएपछि समित्भेज अस्पतालमा भर्ना गरिएको थियो । त्यसयता उनको स्वास्थ्यमा सुधार आउन सकेको छैन ।

डन र गुण्डालाई बुटवलबाट बढार्नुपर्छ: ज्वाला


१३ फागुन, बुटवल । नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालको बुटवलमा जारी अधिवेशनमा महेश बस्नेत पक्ष र निरज आचार्य पक्षवीच नाराबाजी चर्किएपछि निर्वाचन मण्डलले बन्दशत्र वरिपरिको क्षेत्रलाई नाराबाजी गर्न नपाइने निषेधित क्षेत्र घोषणा गरेको छ ।
अलग-अलग स्थानमा भेला भएका अध्यक्षका प्रत्याशी महेश बस्नेत र निरज आचार्य पक्षले आइतबार बिहान चर्को नारावाजी गरेका हुन् । आचार्य पक्षले ‘डन, गुन्डा बाईबाई, निरज आचार्य हाइहाई’ भन्ने नारा लगाएका छन् भने बस्नेत पक्षले ‘महेश बस्नतेलाई जिताऔं, एमालेलाई बचाऔं ।’ भन्ने नारा उरालेका छन् ।
अधिवेशनमा केपी ओलीनिकट मानिएका महेश बस्नेत र माधव नेपाल निकट झपट रावलवीच सहकार्य भएको छ भने झलनाथ खनाल निकट निरज आचार्यले अलग्गै प्यान खडा गरेको छ । अध्यक्ष पक्षका आचार्यलाई जिताउन युवा नेता गोकर्ण विष्ट, यमलाल कँडेल, घनश्याम भुसाल, प्रकाश ज्वाला लगायतका नेताहरु खेलेर लागेका छन् । केपी पक्षका नेता शंकर पोखरेल अध्यक्ष मण्डलमा छन् । युवा इञ्चार्ज योगेश भट्टराई पनि कुनै पक्षमा खुलेका छैनन् ।
डन र गुण्डालाई बुटवलबाट बढार्नुपर्छ: ज्वाला